birat ribon

भारतमा थप १० कोरोना सङ्क्रमित नेपालीको मृत्यु

Neuro
भारतमा थप १० कोरोना सङ्क्रमित नेपालीको मृत्यु

विराटनगर / यो साता भारतमा थप १० जनासहित ११ नेपाली कोरोना सङ्क्रमितको निधन भएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ । हालसम्म भारतमा मात्रै सङ्क्रमणका कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या ७१ पुगेको छ ।

यो सातामा साउदीमा पनि थप एक जनाको सङ्क्रमणका कारण ज्यान गएको हो । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिको शनिबार साँझसम्म तयार पारेको तथ्याङ्कअनुसार भारतसहित विश्वभर २१ मुलुकमा रहेका तीन सय ८२ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।

cura insider

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार भारतमा रहेका २० हजारभन्दा बढी नेपालीलाई कोरोना सङ्क्रमण भएको छ । तीमध्ये १७ हजारभन्दा बढी कोरोनामुक्त भएका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार छ सय ७९ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ भने तीमध्ये ८२ हजार एक सय ९७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो साता मलेसिया, भारत, कुवेत, युएई र साउदी अरेबियामा रहेका नेपालीमा थप कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: