birat ribon

सङ्क्रमितले आफ्नो दैनिक आहारमा समावेश गर्नुपर्ने खाना

Neuro
सङ्क्रमितले आफ्नो दैनिक आहारमा समावेश गर्नुपर्ने खाना

विराटनगर / कोभिडलगायत अन्य सक्रमणबाट बच्नका लागि शरीरको प्रतिरक्षा प्रणालीले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

जसका लागि केही समयको मुखको स्वादका लागि भन्दा पनि स्वस्थ्य खानामा जोड दिनुपर्ने हुन्छ । शरीरको इम्यिुनिटी पावर बढाउन र सङ्क्रमणलाई छिटो निको पार्न खानपानमा विषेश ध्यान दिनुपर्ने हुन्छ । आहारविद् तथा पोषण विशेषज्ञ ओमप्रकाश साह सङ्क्रमणविरुद्ध लड्नका लागि र इम्यिुनिटी पावर बढाउन खानपानमा विषेश ध्यान दिनुपर्ने बताउँछन् ।

cura insider

होम आइसोलेसनमा बस्दै आएका सङ्क्रमितले आफ्नो खानामा हरेक दिनको प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन र मिनरल्स समावेश गर्नु धेरै आवश्यक हुन्छ । सङ्क्रमितले खाने प्रत्येक छाकमा कोदो, गहुँ, मकै, फापर, चामल, आलु, पिँडालु जस्ता कार्वोहाइड्रेटलाई समावेश गर्न सकिन्छ । त्यस्तै, भिजाएर राखेको गेडागुडी, दुध, माछा, कुखुराको मासु, दाल, अण्डा, माछा, हारियो सागसब्जी, टमाटर, सलाद, फलफूल ठिक्क मात्रामा समावेश गर्नुपर्छ ।

भिटामिन सीका लागि अमला, कागती, अम्बकको सेवन गर्नुपर्छ । खानामा कागती, टमाटर, तिल समावेश गर्दा खानाबाट सजिलै आइरन पनि प्राप्त गर्न सकिन्छ । त्यस्तै, ओखर, हाडे बदाम, फर्सीको बियाँ, आलसको पनि सेवन गर्नुपर्छ । शरीरलाई हाइड्रेट राख्नका लागि प्रशस्त मात्रामा पानी, सुप, फलफूलको रस, दालको झोल पिउनुपर्छ ।

सन्तुलित र ठिक्क मात्रामा सेवन गरेको आहारले प्रतिरक्षा कोषहरूको गुणन गर्ने, रोग लगाउने जीवाणुको प्रवेशमा रोक लगाउने, प्रतिरक्षा कोषहरूलाई सक्रिय पारी एन्टिबडीको उत्पादनमा मद्दत गर्छ । मधुमेह, प्रेसर तथा अन्य स्वास्थ्य समस्या भएका, गर्भवती तथा स्तनपान गराइरहेका महिला, बालबालिका र वृद्ध सङ्क्रमितले पनि खानपानमा विशेष ध्यान राख्नुपर्ने हुन्छ ।

स्वास्थ्य समस्या भएका व्यक्तिहरूले नियमित सेवन गरिरहेको औषधिका बारेमा आफ्नो डाक्टरसँग सल्लाह लिनुपर्ने हुन्छ । सङ्क्रमिहरूले चिसो पेयपदार्थ तथा फ्रिजमा राखिएका खानेकुरा, सफ्ट ड्रिङ्क्स, चिया, मिठाइलगायतका चिनी भएको खानेकुराको सेवन गर्नु हुँदैन ।

साथै, बजारमा पाइने प्याकेट खाना, मोमो, थुप्पा, निम्की, समोसा भुजिजालगायत परिस्कृत आँटाबाट बनेका, रातो मासु, तेलमा तारेको वा भुटेको खानेकुराको सेवन गर्नु हुँदैन । धुम्रपान, मदिरालगायतका सुर्तीजन्य पदार्थको सेवन पनि त्याग्नु पर्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: