birat ribon

ला लिगाको उपाधि जित्नेमा पिके विश्वस्त

Neuro
ला लिगाको उपाधि जित्नेमा पिके विश्वस्त

विराटनगर / बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले ला लिगाको उपाधि जित्नेमा आफू आशावादी भएको बताएका छन् । भ्यालेन्सियासँगको खेलपछि बोल्दै पिकेले उपाधि जित्नै पर्ने दबाब रहेको उल्लेख गर्दै अन्य कुनै विकल्प नरहेको पनि सुनाए ।

गए राति बार्सिलोनाले भ्यालेन्सियालाई उसैको मैदानमा ३–२ गोलले हराएको थियो । मेस्टल्लामा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सीले दुई गोल गर्दा एन्टोइन ग्रिजम्यानले एक गोल गरेका थिए ।

cura insider

जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग अङ्क बराबरी गरेको छ । उसले ३४ खेलमा ७४ अङ्क बनाएको छ । दोस्रो स्थानको रियलसँग पनि ७४ अङ्क छ । कम गोल खाएका कारण रियल बार्सिलोनाभन्दा अगाडि छ ।

अब, आगामी खेलमा एथ्लेटिकोमाथि जित निकालेमा बार्सिलोना उपाधि होडमा बलियो बन्नेछ । ‘ग्रानडासँगको अप्रत्याशित हारपछि हामीले जित जित निकाल्यौँ । अब यो यात्रा अन्त्यसम्म कायमै राख्नेछौँ । मलाई लाग्छ उपाधि हामीले नै जित्नेछौँ । तर जे पनि हुनसक्छ’, उनले भने ।

‘गत बिहीबारको हारले धेरै कुरा बिगारेको छ । तथापि, भिल्लारियल र भ्यालेन्सियासँगको जितले हामीलाई आत्मविश्वासी बनाएको छ । अब, हामी एथ्लेटिकोविरुद्धको खेलका लागि तयारीमा छौँ । यस खेलमा जित निकाले अझ उपाधि होडमा बलियो बन्नेछौँ । यो हाम्रै हातमा छ । हामीले जित्नैपर्छ, यसमा कुनै विकल्प नै छैन ।’

jackson ribon

प्रतिक्रिया दिनुहोस्: