birat ribon

घरमा अक्सिजनको मात्रा नाप्नका लागि पल्स अक्सिमिटर

Neuro
घरमा अक्सिजनको मात्रा नाप्नका लागि पल्स अक्सिमिटर

विराटनगर / कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै होम आइसोलेसनमा बस्नेहरूको सङ्ख्या पनि बढिरहेको छ ।

हालको समयमा बेड अभाव हुन नदिन लक्षण भएका तथा गम्भीर सङ्क्रमितलाई मात्रै अस्पताल भर्ना गर्न थालिएको छ । होम आइसोलेसनमा बसेका अधिकांश सङ्क्रमितलाई अक्सिजनको मात्रा नाप्नका लागि पल्स अक्सिमिटर प्रयोग गर्न सुझाव दिइएको छ । पल्स अक्सिमिटरले घरमै अक्सिजन स्तर निगरानी गर्न र अवस्था गम्भीर हुनु अगाडि नै पहिचान गरी उपचार प्राप्त गर्न मद्दत गर्छ ।

cura insider

सजिलै सुपथ मूल्यमा बजारमा पाइने तथा एक पोर्टेबल अर्थात गोजीमै बोकेर हिँड्न सकिने पल्स अक्सिमिटर एक सरल उपकरण हो जसले रगतमा भएको अक्सिजनको मात्राको गणना गर्छ । घरमै बस्दा लगातार ज्वरो देखियो, छाती दुख्ने तथा सास फेर्न गाह्रो हुने देखिएमा पल्स अक्सिमिटर अक्सिजन मात्रा जाँच गर्नुपर्छ र मात्रा कम देखियो भने अस्पताल जानुपर्ने हुन्छ ।

पल्स अक्सिमिटरले ९८ प्रतिशत सही परिणाम दिनसक्छ । यसलाई प्रयोग गर्न पनि सजिलो हुन्छ । औँलाभित्र राखेर क्लिप थिचेको केही सेकेन्डमा यसले नतिजा दिन्छ । नतिजाले रगतमा भएको अक्सिजनको प्रतिशत देखाउँछ, जसलाई एसपिओ २ स्तर भनिन्छ । प्रायः स्वस्थ व्यक्तिमा सामान्य अक्सिजनको स्तर ९५ प्रतिशत हुन्छ ।

तर, अक्सिजनको मात्रा ९० वा सोभन्दा तल भएको खण्डमा तुरून्त डाक्टरसँग सल्लाह गरेर अक्सिजन लगाउनुपर्ने हुन्छ । कोभिडको बिरामी सबैलाई अक्सिजन चाहिन्छ भन्ने पनि हुँदैन । सङ्क्रमितलाई निमोनिया वा सास फेर्न गाह्रो भएमा अक्सिजको स्तर कम हुने हो । अक्सिजनको मात्रा कम हुँदा सास बढ्ने, सास फेर्न गाह्रो हुने तथा स्वाँस्वाँ हुनेजस्ता सङ्केत देखाउँछ ।

वृद्ध, मधुमेह, रक्तचाप, किड्नीको समस्या, मुटुको समस्या, दम, क्षयरोग तथा पहिलादेखि नै श्वासप्रश्वासमा समस्या भएका बिरामीमा अक्सिजनको स्तर घट्ने सम्भावना धेरै रहन्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: