birat ribon

सीमा नाकामा रोकिएन आवतजावत, दशगजामा पानीमाथि बाटो (फोटो फिचर)

Neuro
सीमा नाकामा रोकिएन आवतजावत, दशगजामा पानीमाथि बाटो (फोटो फिचर)
  • मोहन ढकाल / विराटनगर

कोरोना महामारी तीव्र गतिमा फैलिएको अवस्थामा खुला नाकाबाट हुने आवतजावत रोकिएको छैन । विराटनगरमा निषेधाज्ञा सुरु भए पनि भारतसँग खुला सीमा जोडिएको विराटनगरका इस्लामपुर, मटिहर्वा र दरैयालगायत ठाउँबाट मानिसहरू लुकिछिपी आवतजावत गरिरहेका छन् ।

प्रशासनले खुला नाकाबाट हुने आवतजावत पूर्ण रूपमा बन्देज गरेको भने पनि आवतजावत भने रोकिएको छैन । निषेधाज्ञाको अवस्थामा पनि लागूऔषध प्रयोगकर्ता खुला नाकाको प्रयोग गर्दै आवतजावत गरिरहेका छन् ।

cura insider

खुला सिमानाको आवतजावत रोक्न सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ । तर सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच पनि आवतजावत रोकिएको छैन ।

तस्करी गर्नेलाई प्रहरीले नै केही रकम लिएर आवतजावतमा सहयोग गरिरहेको दरैयाका स्थानीयले आरोप लगाएका छन् । केही दिनअगाडिको तुलनामा भिडभाड कम भए पनि आवतजावत नरोकिएको स्थानीय सुमन बस्नेतले बताए ।

स्थानीय राजकुमार गुरुङका अनुसार सुरक्षाकर्मीले काम गरेर खाने मजदुरलाई दुःख दिने तर नाका वारिपारि गरेर तस्करी गर्नेलाई थप सहयोग गरिरहेका छन् । । सञ्चारकर्मी आएको अवस्थामा प्रहरीले कडाइ गरेजस्तो गरे पनि अरू समय आवतजावतमा कडाइ नगरेको उनले बताए ।

खुला नाकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति भए पनि आवतजावतलाई पूर्ण रूपमा बन्देज गर्न चुनौती थपिएको छ । सीमा नाकामा बसोबास गर्ने नेपाली नागरिक र भारतीय नागरिकले मुख्य नाका बन्द रहेको अवस्था र खुला नाकामा कडाइ गरिएको अवस्थामा दशगजा क्षेत्रमा रहेको नहरमा ठाउँठाउँमा पानीमाथिबाट आवतजावत गर्ने बाटो बनाएका छन् ।

सुरक्षामा बसेका एक जना सुरक्षाकर्मीले भने, ‘हामीले जति कडाइ गरे पनि आँखा छलेर आउँछन्–जान्छन्, यहाँ त कराइ बसाएर नुनतेल लिन जान्छन् ।’

jackson ribon