birat ribon

कोरोना सङ्क्रमितलाई उपचारका लागि काठमाडौँबाट झापा ल्याइयो

Neuro
कोरोना सङ्क्रमितलाई उपचारका लागि काठमाडौँबाट झापा ल्याइयो

झापा / काठमाडौको मनमोहन अस्पतालमा उपचाररत एक कोरोना भाइरसका सङ्क्रमितलाई सोमबार झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा ल्याइएको छ ।

बिरामीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत ’बेड लिफ्ट’ गरिएको हो । काठमाडौँका अस्पतालमा भेन्टिलेटरसहितको आइसीयू शय्या नपाएपछि झापा कमल गाउँपालिका–५ का एक सङक्रमितलाई बीएण्डसी अस्पताल ल्याइएको हो ।

cura insider

यसअघि ह्याम्स अस्पतालबाट झापाकै एक जनालाई ल्याइएको थियो । ती सङ्क्रमितको अवस्था सुधार भइरहेको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: