birat ribon

कोरोना सङ्क्रमणबाट दमककी वृद्धाको धरानमा मृत्यु

Neuro
कोरोना सङ्क्रमणबाट दमककी वृद्धाको धरानमा मृत्यु

झापा / कोरोना भाइरस सङ्क्रमणका कारण आज झापा दमककी एक वृद्धाको धरानको कोभिड अस्पतालमा मृत्यु भएको छ ।

दमक–२ की ६५ वर्षीया वृद्धाको आज बिहान धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । उनी एक सातादेखि त्यहाँ उपचाररत थिइन् ।

cura insider

कोरोना सङ्क्रमणको नयाँ भेरियन्टका कारण यसअघि समेत दमकमा एक वृद्धको निधन भएको थियो । दमकमा आज बिहानसम्ममा नयाँ भेरियन्टका ७० सङ्क्रमित फेला परेको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: