birat ribon

सिटीविरुद्ध खेल्ने पिएसजीको टोली घोषणा

Neuro
सिटीविरुद्ध खेल्ने पिएसजीको टोली घोषणा

विराटनगर / फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध खेल्ने टोलीको घोषणा गरेको छ । च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा पिएसजीले मङ्गलबार राति सिटीको सामना गर्दै छ ।

मङ्गलबार राति १२ः४५ बजेबाट सुरु हुने यो खेल सिटीको मैदानमा हुँदै छ । जसमा पिएसजी कमब्याक गर्दै फाइनलमा स्थान बनाउने दाउमा हुनेछ । यसअघि पहिलो लेगको खेलमा सिटी २–१ गोलले पराजित भएको थियो ।

cura insider

अब, दोस्रो लेगमा जित निकाल्दै योजना बनाएको पिएसजीले सोमबार २५ सदस्यीय टोलीको घोषणा गरेको हो । जसमा, नेयमार, किलियन एम्बाप्पे र एन्जल डी मारिया, केलियन नाभास, माउरो इकार्डी, मोइसे किन पनि छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: