birat ribon

एन्टिबायोटिकको सेवन गरिरहँदा रक्सी पिउन नहुने

Neuro
एन्टिबायोटिकको सेवन गरिरहँदा रक्सी पिउन नहुने

विराटनगर / रक्सी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने कुरा सबैलाई थाहा छ ।

कहिलेकाहीँ र कम मात्रामा रक्सी पिउनुको कुनै साइड इफेक्ट नहुन सक्छ । तर, एन्टिबायोटिकको सेवन गरिरहँदा रक्सीको सेवनले शरीरमा केही गम्भीर साइड इफेक्ट निम्त्याउन सक्छ । एन्टिबायोटिकसँग रक्सी मिश्रण गर्दा औषधिको साइड इफेक्ट बढाउन वा थप जटिल बनाउन सक्छ । एन्टिबायोटिकको सेवन गर्दा रक्सी, बियरबाट टाढा रहनुका साथै रक्सी समावेश गर्ने माउथवास लगायतबाट पनि टाढा रहनु पर्छ ।

cura insider

रक्सीको सेवनले एन्टिबायोटिकको प्रभावलाई प्रत्यक्ष प्रभाव पार्दैन । तर, रक्सी पिउँदा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । रक्सी पिउँदा शरीरलाई सङ्क्रमण वा रोगबाट मुक्त हुन धेरै समय लाग्नसक्छ । बिरामी हुँदा शरीरलाई हाइड्रेट राख्न आवश्यक हुन्छ । र, रक्सी पिउनाले डिहाइड्रेसन हुनसक्छ, जसले रोगबाट निको र स्वस्थ हुन गाह्रो बनाउन सक्छ ।

एन्टिबायोटिकको सेवन गरिरहँदा रक्सी पिएमा यसले पेटमा दुखाइ निम्त्याउने, वाकवाकी हुने, टाउको दुख्ने, बान्ता हुने, झाडापखाला हुने, मुटुको चाल बढ्ने हुनसक्छ । यस्ता साइड इफेक्ट केही घण्टामा हराउन सक्छ । तर, गम्भीर साइड इफेक्ट अनुभव भएमा तुरून्त चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।

एन्टिबायोटिक्स जस्तै, रक्सीलाई शरीर बाहिर निस्कनुअघि कलेजोले टुक्र्याउने काम गर्छ । बिरामी हुँदा कलेजो पहिले नै सङ्क्रमणविरुद्ध लड्न काम गरिरहेको छ भने रक्सीको सेवनले कलेजोको कामलाई बढाउन सक्छ । यो कलेजोको विषाक्तता (कलेजो सुन्निने)को कारण पनि हुनसक्छ ।

प्रणालीबाट एन्टिबायोटिक खाली भएपछि रक्सी पिउन सकिन्छ । एन्टिबायोटिकको अन्तिम डोज सेवन गरेपछिको तीन दिनपछि कम मात्रामा रक्सी पिउन सकिन्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: