birat ribon

केको प्रेस स्वतन्त्रता ?

Neuro
केको प्रेस स्वतन्त्रता ?
  • स्वागत नेपाल

प्रेस स्वतन्त्रता दिवसको नाटक बन्द गर !

म पनि २०४८ देखि नै सञ्चारकर्ममा छु, तर विदेशी एजेन्ट सञ्चारमाध्यमको जासुसी अन्त्य चाहन्छु । जनतालाई माया गर्ने लोकतान्त्रिक, जनवादी, राष्ट्रवादी जनताबाट जन्मेको तानाशाहको विकासवादी शासन चाहन्छु ! जनता झुक्याउने सामन्ती, ठालूवादी, दलाल पुँजीवादी देखावटी प्रेस स्वतन्त्रता होइन !

cura insider

साँच्चै प्रेस स्वतन्त्रता दिवस मनाउने हो भने ‘सबै पार्टीका स्वतन्त्र पत्रकार’हरू आजै पार्टी परित्याग गर । लेखकहरु अमलेख (मुक्त) गर आफूलाई पार्टीका दासबाट ।

नेपालका सञ्चारमाध्यममा अन्य देशको राष्ट्रिय दिवसको शुभकामना विज्ञापन पूरापूरा पेज प्रकाशन/प्रवाह गरेर नेपाली जनतालाई हामी तिनको प्रान्त हो भन्ने सन्देश नदेऊ । त्यस्ता विदेशीबाट सञ्चालित सञ्चारमाध्यमलाई तुरुन्त बन्द गरौँ कि त्यस्ता विज्ञापन बन्द गरौँ ।

विदेशीको स्वाधीनता दिवसलाई आफ्नै स्वतन्त्रता दिवसजस्तो छापेर विदेशीको पैसा आफ्नै देशलाई जानकारी नदिई खाने पत्रकारहरू संसारमै नेपालका मात्र हुन् । अरू देशले बढीमा दौत्य सम्बन्धको मात्र संयुक्त रुपमा देशका तर्फबाट प्रकाशित गर्छन् ।

इन्डियन गीतसङ्गीत-फिल्म पूर्णरुपमा बन्द गरौँ । यो ९ वर्षमा १० जना श्रमजिवी पत्रकार गानोगोला चर्किएर मरिसके समयमा खान समेत नपाएर । तर, तिनको २०४८ सालदेखि अहिलेसम्मको तलब कति छ, मालिक पत्रकार र सम्पादक तहकाको छोडेर ? त्यो पनि ६ महिनासम्म पनि पाएका हुँदैनन् । तिनका विदेशी एजेन्ट मिडिया मालिकका नियमित सञ्चा माध्यम र भवन थपिएका थपियै छन् ।

संसारमा नेपाल मात्र यस्तो देश हो- जुन देशमा आएका राजदूत हाम्रो देशको परराष्ट्र मन्त्रालयलाई जानकारी नदिई मुस्ताङमा पुगेर विद्यालय उद्घाटन गर्छन्, सप्तरीमा पुगेर एम्बुलेन्स बाँड्छन् र हाम्रा सञ्चारमाध्यम हाम्रो देशको सरकारको अनुमति लिएर आयौ कि नलिई भनेर सोध्दैनन् । खुरुखुरु पछि लागेर समाचार बनाउँछन् । हाम्रा देशका राजदूत अरू देशमा यस्तो गर्न पाउँदैनन् । पत्रकारले पनि यस्ता समाचार ब्ल्याकआउट गर्छन् ।

नेपालका सञ्चारमाध्यममा नेपालीको समयमाथि बिजनेस गर्ने, नेपालीलाई लक्षित गरेर बनाइने विज्ञापनमा विदेशी कलाकार, विदेशीहरू नेपाली भाषामा डबिङ गरेर नेपाली सञ्चारमाध्यममा प्रस्तुत गर्छन्, त्यो बन्द गर । त्यसमा बजार प्रत्येक वर्ष १६ अर्ब रुपैयाँको छ ।

त्यसरी नेपाली बजारको नेपाली कलाकार, निर्देशक, गायक, एडिटर, स्क्रिप्ट राइटर, मोडेलले पाउनुपर्ने १६ अर्ब रुपैयाँ प्रत्येक वर्ष भारत गएको गयै छ । त्यो रोक भनेर हामीले सरकारलाई लेखेर दिएको १० वर्ष हुन लागिसक्यो ।

हामीले पहिलो पटकको संविधानसभामै यस्ता विषयलाई समेटन संसदको समेत भूमिकामा रहेको विधायिकामा लिखित रुपमै माग प्रस्तुत गरेका थियौँ ।

हामीलाई च्यानल हेरेको पनि शुल्क लिने र हाम्रै समयमाथि बिजनेस गरेर हामीले पैसा तिरेको किनेको समयमा विदेशी च्यानलले विज्ञापन देखाउने विज्ञापन गरेर उल्टै हामीसँग पैसा लिने यो क्रम अन्त्य गरेर विश्वमा आएको नयाँ अवधारणा अनुसार विज्ञापन देखाउने हो भने च्यानल निशुल्क हेर्न पाउनुपर्ने, च्यानल जोडेको शुल्क लिने हो भने विज्ञापनरहित हेर्न पाउनुपर्ने फ्रि टु एअरको अवधारणा लागू गर्न पनि हामीले उतिबेलै माग राखेका थियौँ । अझै पनि ती माग जारी छन् ।

देशविरोधी सञ्चारमाध्यम नै छन् । पहिला तिनबाट मुक्त गर्नुपर्छ देशलाई । यो परलोकतन्त्रवादी प्रेसबाटै देशलाई स्वतन्त्र गर्नुपर्छ ।

यस्ता सञ्चारमाध्यममार्फत नै विदेशीसँग मिल्ने विदेशीका एजेन्टसमेत नाै जनालाई नेपालबाट पञ्चायतकालमा देश निकाला गरिएको रेकर्ड छ ।

म चाहन्छु कुनै कुल वंशको होइन, जनताका लागि जनताको वीचबाट एक यस्तो निरङ्कुश राष्ट्रवादी, लोसे लोकतान्त्रिक होइन, तगडा तानाशाह तर जनवादी, उन्नत लोकतान्त्रिक, प्रत्यक्ष प्रजातान्त्रिक शासन चाहिएको छ मुलुकमा !!!

jackson ribon

प्रतिक्रिया दिनुहोस्: