birat ribon

पत्रकारलाई स्वास्थ्य सतर्कताका साथ काम गर्ने वातावरण मिलाउन आग्रह

Neuro
पत्रकारलाई स्वास्थ्य सतर्कताका साथ काम गर्ने वातावरण मिलाउन आग्रह

काठमाडौँ / नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीको बेलामा पत्रकारहरूलाई स्वास्थ्य सतर्कताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृहसँग आग्रह गरेका छन् ।

सोमबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सञ्चारग्राममा आयोजित कार्यक्रमपछि अध्यक्ष पोखरेलले कोरोना महामारीका कारण पत्रकार पीडित हुने अवस्था रहेको भन्दै पत्रकारलाई स्वास्थ्य सर्तकताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृहलाई आग्रह गरेका हुन् । पत्रकारको पेसागत सुरक्षा, सेवा सुविधाको सुनिश्चितताका लागि सञ्चारगृहलाई प्रतिबद्धता जनाउनका लागि पोखरेलले अपिल पनि गरेका छन् ।

cura insider

उनले भने, ‘पत्रकार महासङ्घले कोही पनि पत्रकार साथीहरू निस्कासनमा परेको अवस्था, खबर सुन्न नपरोस् । कोही पनि साथीले तोकिएको सेवासुविधाबाट आफूलाई वञ्चित भएको गुनासो गर्ने अवस्था, त्यसको विरुद्ध अदालत जानसक्ने अवस्था नआओस् र सबै सञ्चार संस्थाले त्यहाँ काम गर्ने सबै श्रमजीवीहरूलाई स्वास्थ्य सर्तकताका साथ काम गर्ने वातावरण मिलाओस् ।’

नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले कोरोना भाइरस सङ्क्रमणका कारण संसारभरको पत्रकारितालाई रक्षात्मक अवस्थामा पु¥याएको बताए । महामारीका बीचमा पनि पत्रकारहरूले जनतालाई सुसूचित गर्ने, सत्यतथ्य समाचार सम्प्रेषण गर्ने र गलत क्रियाकलापको आलोचनामा खरो रुपमा उत्रिएको उनको भनाइ छ । कोरोनाको बाहानामा सञ्चारकर्मीलाई विस्थापित गर्नेहरूको विरुद्धमा पत्रकार महासङ्घ सशक्त ढङ्गले अगाडि बढ्ने उनले बताए ।

नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले कोरोना महामारीका बेलामा पत्रकारलाई केन्द्रित गरेर सुरक्षाका उपाय अपनाउन निर्देशिका जारी गरेकाले सो निर्देशिकाको पालना गर्न अनुरोध गरे । कोरोना बहानामा सञ्चारगृहबाट पत्रकारलाई निस्कासन गर्नेलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ । पत्रकारलाई पुनस्र्थापित गर्नका लागि महासङ्घले जस्तोसुकै आन्दोलन गर्न पनि तयार भएको उनले बताए ।

नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा पाँच सय १७ जना पत्रकारहरू पीडित भएको तथ्याङ्क पत्रकार महासङ्घले सार्वजनिक गरेको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: