birat ribon

सङ्क्रमणबाट निको भए पनि यी जाँच गर्नु आवश्यक

Neuro
सङ्क्रमणबाट निको भए पनि यी जाँच गर्नु आवश्यक

विराटनगर / कोरोना भाइरसबाट सङ्क्रमित भएपछि देखिएका लक्षणहरू हप्तौँसम्म सङ्क्रमितमा रहन सक्छ ।

यसलाई दीर्घ कोभिड भनिन्छ । दीर्घ कोभिडका साथसाथै सङ्क्रमणले समेत शरीरमा महत्त्वपूर्ण अङ्गमा असर गरेको हुनसक्छ । जसकारण निको भएपछि पनि बिरामीले नियमित जाँच गराइरहनुपर्ने हुन्छ । सङ्क्रमणबाट निको भएपछि पनि टेस्ट गरेर आएको रिपोर्टको आधारमा कत्तिको ठीक र स्वस्थ छौँ भनेर थाहा पाउन सकिन्छ ।

cura insider

सङ्क्रमणले छाती तथा फोक्सोमा धेरै समस्या निम्त्याउने हुँदा हालको समयमा रोगको गम्भीरता पहिचान गर्नका लागि धेरै बिरामीको एक्सरे, सिटी स्क्यान गरिन्छ । जसकारण, निको भइसकेपछि पनि नियमित रुपमा छातीको स्यान गर्न जरुरी हुन्छ । यसका साथै फोक्सोको परीक्षण पनि गराइरहनु पर्छ ।

सङ्क्रमणले शरीरमा इन्फ्लामेसन गराउने हुँदा हृदयका मांसपेशीलाई कमजोर बनाई क्षति निम्त्याउनुका साथै मायोकार्डिटिस जस्ता जटिलताहरू निम्त्याउँछ । यी समस्या धेरैजसो निको भइसकेका बिरामीमा देखिएको रिपोर्ट गरिएको छ । पहिलाबाटै मुटुको समस्या भएका वा जटिलताको जोखिममा रहेकामा समस्या थप बढ्न सक्छ । विशेषगरी मध्यम र गम्भीर सङ्क्रमणबाट ग्रसित बिरामीले हृदय परीक्षण गराउनु पर्छ ।

धेरै बिरामीहरूले निको भएपछि हप्तौँ र महिनौँसम्म पनि न्यूरोलजिकल र मनोवैज्ञानिक लक्षणहरू रिपोर्ट गर्छन् जसले दैनिक क्रियाकलापलाई असर गर्नसक्छ । ४० वर्षभन्दा माथिका महिला बढी जोखिममा हुने हुँदा न्युरो फङसन टेस्ट गर्नु पनि आवश्यक पर्छ । भिटामिन डी रिकभरीको समयमा महत्त्वपूर्ण हुनसक्छ र यसले रिकभरीको गतिलाई मद्दत गर्छ ।

त्यसैले निको भइसकेपछि भिटामिन डीको परीक्षण गराई आवश्यक परे डाक्टरको परामर्शमा भिटामिन डीको सप्लिमेन्टको सेवन गर्नुपर्ने हुनसक्छ । निको भइसकेका बिरामीले कम्प्लिट क्लड काउन्ट (सिबिसी) टेस्ट, मधुमेह, रक्तचाप, कोलेस्ट्रोलको पनि जाँच गर्नुपर्ने हुन्छ । जोखिममा रहेकाहरूका लागि बायोकेमेस्ट्री, क्रिएटिनिन, कलेजो र मिर्गौलाको पनि परीक्षण गर्न सल्लाह दिइन्छ ।

साथै, सङ्क्रमणबाट निको भइसकेकाले शरीरमा एन्टिबडीको टेस्टसमेत गर्न सक्छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: