birat ribon

यस्ता लक्षण देखिए मिर्गौलामा पत्थरी भएको हुनसक्ने

Neuro
यस्ता लक्षण देखिए मिर्गौलामा पत्थरी भएको हुनसक्ने

विराटनगर / कहिलेकाहीँ मिर्गौलाले शरीरको अनावश्यक पदार्थलाई फिल्टर गर्न सक्दैन ।

शरीरमा अत्यधिक मात्रामा अनावश्यक पदार्थ बन्न थालेमा, विकार निस्कन नपाई शरीरभित्र नै जम्मा हुँदै गएमा वा अपर्याप्त तरल पदार्थका कारणले क्रिस्टल निर्माण हुन थाल्छ जसलाई मिर्गौलाले फिल्टर गर्न सक्दैन । र, यी क्रिस्टलले ढुङ्गा बनेर मिर्गौलामा पत्थरीको समस्या निम्त्याउन सक्छन् ।

cura insider

मिर्गौलामा सानो ढुङ्गा भएमा धेरैजसो लक्षणहरू देखा पर्दैन । ढुङ्गा पिसाब थैलीसम्म गएर पिसाब जाने बाटो छेकिदिने हुँदा यस कारण पिसाब राम्रोसँग बाहिर आउन पाउँदैन र अत्यधिक दुखाइ हुन थाल्छ । मिर्गौलामा पत्थरी हुँदा कोखा, ढाड, तल्लो पेटमा अत्यधिक पीडा हुने हुन्छ । मिर्गौलामा ढुङ्गाको आकार ठूलो भएमा दुखाइ पनि धेरै हुने हुन्छ ।

मिर्गौलामा पत्थरीको समस्या भएमा पिसाव फेर्न गाह्रो हुने, दुख्ने, पिसाब पोल्ने, पटक–पटक पिसाब लाग्ने, पिसाब गन्हाउने, पिसाब गाढा हुने, निकै कम पिसाब हुने र पिसावमा रगतसमेत देखापर्न थाल्छ । साथै, पत्थरीको समस्या भएमा ज्वरो आउने, वाकवाक लााग्ने, वान्ता हुने, काँप्ने जस्ता लक्षण देखापर्छ ।

कहिलेकाहीँ पत्थरीको समस्या सामान्य अवस्थामा पानी वा तरल पदार्थको सेवन गरेर वा औषधिले पनि ठिक हुन्छ । तर, ढुङ्गाको आकार ठूलो वा कडा भएमा यसलाई निकाल्न शल्यक्रियाको आवश्यकता पर्न सक्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: