birat ribon

३५ हजार केजी धुपीपात सङ्कलन

Neuro
३५ हजार केजी धुपीपात सङ्कलन

ताप्लेजुङ / ताप्लेजुङका वन क्षेत्रबाट चालु आर्थिक वर्षमा ३५ हजार किलो धुपीपात सङ्कलन भएको छ । जिल्लाका विभिन्न क्षेत्रका राष्ट्रिय वनबाट ती वस्तु सङ्कलन भएको हो ।

हिमाली क्षेत्रमा पाइने धुपीपात प्रत्येक वर्ष सङ्कलन हुँदै आएको छ । प्रतिकेजी दुईका दरले ७० हजार रुपैयाँ जिल्ला वन कार्यालयमा राजस्व जम्मा भएको वन व्यवस्थापन शाखाका एसिस्टेन्ट फरेस्टर सीता योगीले बताइन् ।

cura insider

पूजापाठमा धुपीपात प्रयोग हुँदै आएको छ । धुपीपातबाट औषधिजन्य तेलसमेत निकालेर राम्रो मूल्यमा बिक्री हुने गरेको छ । समुद्र सतहदेखि २५ मिटरसम्मका राष्ट्रिय वनमा प्रशस्त धुपी पाइने गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा धुपी प्रशस्त भए पनि व्यापारिक प्रयोजनका लागि सङ्कलन हुन नसकेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का लेखा अधिकृत मनकुमार लिम्बूले बताए । विगत वर्षमा सङ्कलन भए पनि चालु आवमा सङ्कलन गरेर संरक्षण क्षेत्रभन्दा बाहिर निकासी नभएको कञ्चनजङ्घा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।

फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा धुपीतेल उद्योग अहिले बेवारिसे अवस्थामा छ । दुई वर्षसम्म सञ्चालन भएपछि दर्ता प्रक्रिया पूरा हुन नसकेपछि बन्द गर्नुपरेको सञ्चालक पेमा शेर्पा बताउँछन् ।

घुन्सामा उत्पादन भएको धुपीको तेल काठमाडौँमा प्रतिलिटर तीन हजार पाँच सयका दरले बिक्री हुने गरेको सञ्चालक शेर्पाले बताए । राष्ट्रिय वनमा सङ्कलित धुपीपात व्यापारीले प्रतिकिलो ६० रुपैयाँका दरले खरिद गर्दै आएको मेरिङ्देन गाउँपालिका–५ का धुपीपात व्यापारी रिङ शेर्पाले बताए ।

उनले भने, ‘हामी गाउँमा गएर ६० रुपैयाँमा खरिद गर्छौँ । गाउँदेखि सदरमुकाम फुङ्लिङसम्म चौंँरीमार्फत ढुवानी गर्छौँ ।’ हिमाली क्षेत्रमा पाइने धुपीपात ताप्लेजुङबाट इलामको पशुपतिनगर हुँदै भारत निकासी हुने व्यापारी शेर्पाले बताए । नेपाल र भारतको नाका पशुपतिनगरमा प्रतिकिलो एक सय ६० रुपैयाँका दरले खरिद बिक्री हुने व्यापारी शेर्पाले बताए ।

उनले भने, ‘हामीले ताप्लेजुङदेखि इलामको पशुपति नाकाको बजारसम्म पुर्‍याएर त्यहीँका व्यापारीलाई बिक्री गर्छौँ । त्यहाँका व्यापारीले भारतका विभिन्न बजारमा बिक्री गर्छन् ।’ नेपालमा पाइने धुपीपातको माग भारतमा उच्च भएको व्यापारी शेर्पाले बताए । रासस

jackson ribon

प्रतिक्रिया दिनुहोस्: