birat ribon

राष्ट्रिय जनगणना रोकियो

Neuro
राष्ट्रिय जनगणना रोकियो

काठमाडौँ / आगामी जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भइरहेको १२औँ राष्ट्रिय जनगणनाको काम रोकिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना महामारीलाई कारण देखाउँदै राष्ट्रिय जनगणनाका सबै काम अनिश्चित कालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

cura insider

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङफेका अनुसार मन्त्रिपरिषद् बैठकले स्थगित गर्ने निर्णय गरेको जनगणनाको काम महामारी कम भएपछि फेरि अघि बढ्नेछ ।

यसैबीच, केन्द्रीय तथ्याङ्क विभागले १२औँ राष्ट्रिय जनगणनाको लोगो विवादित बनेपछि पुनः सच्याएर सार्वजनिक गरेको छ । विभागले सुरुमा सार्वजनिक गरेको ‘मेरो गणना, मेरो सहभागिता’ शब्दहरूसहितको लोगोमा कालापानी, लिम्पियाधुरा, लिपुलेकसहित समेटिएको नक्सा प्रयोग भएको थिएन ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: