birat ribon

लक्षण देखिएर पिसिआर रिपाेर्ट नेगेटिभ आए पनि १० दिन आइसाेलेट हुनैपर्ने

Neuro
लक्षण देखिएर पिसिआर रिपाेर्ट नेगेटिभ आए पनि १० दिन आइसाेलेट हुनैपर्ने

विराटनगर / कोरोना भाइरसबाट सङ्क्रमित भई लक्षण भए पनि नतिजा नेगेटिभ आउन सक्छ ।

आफूमा कोरोना भाइरस सङ्क्रमणको लक्षण भएजस्तो शङ्का हुनासाथ क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । सङ्क्रमण सर्नसक्ने सम्भावित स्थानहरूमा यात्रा गरेर आएको अवस्थामा पनि १० दिन अलग्गै बसिदिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी १०० मा १०० नै सङ्क्रमण पुष्टि गर्नसक्ने प्रविधि अहिलेसम्म नभएको बताउँछन् ।

cura insider

उनका अनुसार अहिले भएकामध्ये सबैभन्दा विश्वसनीय भनेर आरटी–पिसिआर परीक्षणलाई लिने गरिन्छ । तर, यसले पनि शतप्रतिशत नतिजा दिन्छ भन्ने हुँदैन । आरटी–पिसिआर परीक्षणले सङ्क्रमण भएका व्यक्तिमा पनि पुष्टि गर्न नसक्नेखालको केही सङ्ख्या हुन सक्छ । सङ्क्रमण पुष्टि नभए पनि सङ्क्रमण भएका कारण लक्षण विकास हुनसक्ने वा अरूलाई सङ्क्रमण सार्नसक्ने हुनसक्छ ।

सङ्क्रमणको आशङ्का लाग्नेबित्तिकै दस दिन अलग्गै बस्नुपर्ने उनको भनाइ छ । उक्त दस दिनभित्रमा लक्षण देखिए वा गाह्रो भएमा उपचारको व्यवस्थापन गर्न सजिलो हुन्छ । दस दिनपछि अरूलाई सङ्क्रमण सर्ने सम्भावना हुँदैन । साथै, आफूलाई समस्या भए थप केही दिन आइसोलेसनमा बस्नु उचित हुन्छ ।

सङ्क्रमण भएको शङ्का भएकै कारण पिसिआर परीक्षणका लागि जाने हुँदा परीक्षणपछि अरूसँग भेटघाट गर्न जानु हुँदैन ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: