birat ribon

ब्रिकेट उत्पादन गर्ने कारखानामा भीषण आगलागी

Neuro
ब्रिकेट उत्पादन गर्ने कारखानामा भीषण आगलागी

झापा / झापाको मेचीनगर नगरपालिका–१५ नीलकोठीमा रहेको ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आज बिहान भीषण आगलागी भएको छ ।

बिहान ३ बजेतिर सुरु भएको आगलागी नियन्त्रणउन्मुख रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए ।

cura insider

आगो निभाउन सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणको ठूलो सङ्ख्याले सघाइरहेको छ । भद्रपुर, मेचीनगर, बिर्तामोड, दमक र उर्लाबारीबाट आगो निभाउन दमकल आइपुगेका छन् ।

कारखानामा काठदाउराको ठूलो थुप्रो रहेको हुँदा आगो निभाउन हम्मेहम्मे परेको अग्नि नियन्त्रकहरूले जनाएका छन् ।

धुलाबारीबाट करिब सात किलोमिटर दक्षिण भद्रपुरसँग सीमा जोडिएको गाउँमा भद्रपुरका आदित्य पराजुलीलगायतले ब्रिकेट कोइला उत्पादनका लागि कारखाना सञ्चालन गरेका थिए । आगलागीको क्षतिको विवरण यकिन नभइसकेको प्रहरीको भनाइ छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: