birat ribon

कोभिड खोप लगाएपछि चुरोट र रक्सी पिउनु नहुने

Neuro
कोभिड खोप लगाएपछि चुरोट र रक्सी पिउनु नहुने

विराटनगर / मास्क लगाउने, सामाजिक दूरी कायम गर्नेलगायतका जनस्वास्थ्यका मापदण्डबाहेक कोरोना भाइरसको जोखिम कम गर्नका लागि खोप लगाउनु जरुरी हुन्छ ।

जसकारण मानिसमा कोरोनाविरुद्ध खोपका विषयमा विभिन्न प्रश्न छन् । धुम्रपान र मद्यपान गरेका मानिसमा खोपले कत्तिको काम गर्ने वा खोप लगाएपछि धुम्रपान गर्दा खोपको प्रभावकारितामा कस्तो असर पर्नसक्छ भन्ने प्रश्न धेरै धुम्रपान गर्ने मानिसले सोधिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार धुम्रपान गर्ने मानिस कोरोना भाइरसबाट सङ्क्रमित हुने बढी जोखिममा हुन्छन् ।

cura insider

धेरै अध्ययनका अनुसार धुम्रपान गर्नेहरू गम्भीर कोभिडको लक्षण तथा रोग लाग्ने बढी जोखिममा छन् । धुम्रपानले फोक्सोको कार्यक्षमतामा असर पार्छ भने यसले श्वाससम्बन्धी धेरै रोग निम्त्याउँछ । कोरोना भाइरस खोपको पहिलो डोज लगाएपछि मानिसहरूले धुम्रपान गर्नु हुँदैन । यसले एन्टिबडी प्रतिक्रियालाई कम गर्छ ।

आवश्यक परे धुम्रपान गर्नेहरूले निकोटिन प्याच वा चुइङ्गमको पनि प्रयोग गर्न सक्छन् तर धुम्रपान गर्नु हुँदैन । विशेषज्ञका अनुसार कोरोना खोप लगाएपछि रक्सी पनि खान हुँदैन । कोरोना खोप लगाउनुअघि तीन दिनसम्म रक्सी पिउनु हुँदैन र लगाएको कम्तिमा ४५ दिनसम्म रक्सी पिउनु हुँदैन । रक्सीको सेवनले टी–कोषिकालाई असर पार्छ, जसबाट कलेजोमा समस्या आउन सक्छ ।

यसबाहेक रक्सीले प्रतिरक्षा प्रणालीलाई कमजोर पारेर खोपको प्रभावकारितालाई पनि सुस्त पारिदिन सक्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: