birat ribon

विश्व प्रेस स्वतन्त्रता दिवस आज

Neuro
विश्व प्रेस स्वतन्त्रता दिवस आज

विराटनगर / विश्व प्रेस स्वतन्त्रता दिवस आज (सोमबार) परेको छ ।

प्रत्येक वर्ष मे ३ तारिखका दिन प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्दै संसारभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र जारी गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

cura insider

युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ बाट संयूक्त राष्ट्रसङ्घीय महासभाले अनुमोदन गरेपछि राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।

प्रेस स्वतन्त्रता दिवसको अवसरमा विभिन्न प्रकारका दमनको सामना गरेका सञ्चारकर्मी (पत्रकार) हरूप्रति सम्मान व्यक्त गर्दै राज्यलाई प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्ने गरिन्छ । यस अवसरमा स्वतन्त्रताका मुद्धा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि वहस गरिदै समाचार सङ्कलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरुको योगदानलाई सम्झना र सम्मान गर्ने गरिन्छ ।

सञ्चारका माध्यमहरुले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगरिदिँदा प्रजातन्त्र अनि सूचनाको अधिकारमै धक्का पुग्ने गरेको छ । स्वतन्त्रता अनि निष्पक्षताको वकालत गर्ने आजको विश्वमै पनि दर्जन भन्दा धेरै देशहरुमा प्रेसउपर सेन्सर गरिन्छ, पत्रकारहरु उपर बन्देज लगाउने , बन्दी बनाउने, आक्रमण अनि हत्यासम्मका क्रियाकलाप गर्ने गरिन्छ ।

आजको दिनले सामान्य जनतादेखि संसारभरका सबैलाई प्रेस स्वतन्त्रताका बारेमा जानकारी अनि महत्व बुझाउने सर्वव्यापी चेष्टा गर्दछ । यस वर्ष आजको दिन एसियाली देश इन्डोनेशियाको राजधानी जकार्तामा संसारभरिका मिडिया प्रतिनिधिहरु भेला भएर यूनेस्को गुइलेरमो क्यानो विश्व प्रेस स्वतन्त्रता उपाधी प्रदान गरिँदै छ । आज संसार भरिका अधिकाशं राष्ट्रका प्रेस काउन्सिलहरुले विज्ञप्ति जारी गर्ने चलन पनि छ ।

स्वतन्त्रतासँगै कर्तव्यनिष्ठ प्रेसको अपेक्षा पनि राष्ट्रलाई रहन्छ । जनतालाई गलत जानकारी दिएर झुक्याउने या त्रासदी फैलाउने भन्दा पनि सही र सकारात्मक प्रेसको आवश्यकता आज नेपाललाई रहेको विश्लेषकहरु बताउँछन् । उनीहरुले प्रजातान्त्रिक अभ्यासमा नेपाललाई नेपालीपनाको धागोमा एकसुत्र गर्न सक्ने प्रेसको आवश्यक्ता रहेको बताए ।

पत्रकारमाथिको आक्रमण र हत्यासम्मको घटनाले विश्वमा प्रेस स्वतन्त्रता र प्रजातन्त्रमाथि नै धावा बोलिरहेको छ । सही, सत्य र निष्पक्ष समाचार सम्प्रेषणमा ज्यानकै बाजी थाप्न पनि पत्रकार पछि पर्न हुँदैन भन्ने मान्यता छ । समाचार र सूचना सबैको अधिकारको विषय हो । प्रेसको सुरक्षा र स्वतन्त्रता पनि सबैको दायित्वभित्र पर्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: