birat ribon

आइपिएल : पन्जाबमाथि जित निकाल्दै दिल्ली शीर्ष स्थानमा

Neuro
आइपिएल : पन्जाबमाथि जित निकाल्दै दिल्ली शीर्ष स्थानमा

विराटनगर / दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको दोस्रो खेलमा पन्जाब किङ्समाथि ७ विकेटको जित निकाल्दै दल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

अहमदाबादस्थित नरेन्द्र मादी स्टेडियममा पन्जाबले दिएको एक सय ६७ रनको लक्ष्य पछ्याएको दिल्लीले १७.४ ओभर खेल्दा ३ विकेटको क्षतिमा पूरा गरेको थियो ।

cura insider

दिल्लीका लागि शिखर धवनले अविजित रहँदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, पृथ्वी शले ३९ रन बनाउँदा स्टिभ स्मिथले २५ रन तथा शिम्रोन हिटमायर १६ र कप्तान ऋषव पन्तले १४ रन जोडे ।

Image

पन्जाबका क्रिस जोर्डन, रिली मिरिदिथ र हरप्रित ब्रारले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभर खेल्दा ६ विकेटको क्षतिमा एक सय ६६ रन बनाएको थियो ।

पन्जाबका लागि कप्तान मायांक अग्रवालले अविजित रहँदै ९९ रनको अर्धशतकीय इनिङ्स खेले भने डाविड मालनले २६ रन तथा क्रिस गेलले १३ रन बनाए । प्रभसिम्रन सिंह १२ रनमा आउट भए ।

दिल्लीका लागि कागिसो राबडाले ३ विकेट लिए भने आवेश खान र अक्षर पटेलले समान एक विकेट झारे ।

यस जितसँगै ८ खेलबाट १२ अङ्क जोड्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । पन्जाब भने छैटौं स्थानमा छ । उसँग ६ अङ्क छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: