birat ribon

रेम्डेसिभिर एक भाइलकै ४० हजार

Neuro
रेम्डेसिभिर एक भाइलकै ४० हजार

विराटनगर / कोराना सङ्क्रमितको उपचारमा प्रभावकारी मानिएको औषधि रेम्डिसिभिरमा कालोबजारी हुन थालेको पाइएको छ ।

बिरामीका आफन्तका अनुसार एक भाइल रेम्डेसिभिरको ४० हजार रुपैयाँसम्म पर्न थालेको छ । उपत्यकामा रहेका अस्पतालमा सङ्क्रमितका आफन्तलाई रेम्डेसिभिर पाउनै सकस छ ।

cura insider

औषधि आयातकर्ताका अनुसार एक भाइल रेम्डेसिभिरको मूल्य अधिकतम पाँच हजार दुई सयसम्म पर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल ३ हजार भाइल रेम्डेसिभिर भित्रिसकेको बताउँछन् । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले रेम्डेसिभिरमा कसैले कालोबजारी गरेको पुष्टि भए कारबाही हुने बताए । राजधानी दैनिकमा समाचार छ

jackson ribon