birat ribon

सशस्त्रमा एक सय पाँच उच्च पद रिक्त

Neuro
सशस्त्रमा एक सय पाँच उच्च पद रिक्त

विराटनगर / सशस्त्र प्रहरी बल (एपीएफ) मा नायव उपरीक्षक (डीएसपी) देखि नायव महानिरीक्षक (डीआईजी) सम्म गरी एक सय पाँच पद रिक्त रहेको छ ।

डीआईजी दुई, कायम मुकायम वरिष्ठ उपरीक्षक (एसएसपी) आठ, उपरीक्षक (एसपी) ३५ र डीएसपी ६० सहित गरेर उच्च पद रिक्त रहेका हुन् । ठूलो सङ्ख्यामा उच्च अधिकृत पद रिक्त रहेकाले कार्य सम्पादनमा गम्भीर असर परेको भन्दै सशस्त्र मुख्यालयले बढुवा प्रक्रिया अगाडि बढाउने भएको छ ।

cura insider

सशस्त्रका दुवै जना अतिरिक्त महानिरीक्षक (एआईजी) को एक वर्ष पदावधि थपसँगै सशस्त्र मुख्यालयले अन्य पदमा बढुवा प्रक्रिया अगाडि बढाउन लागेको हो । एक साताअघि गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुुई एआईजीको म्याद थप गरेको थियो । राजधानी दैनिकमा समाचार छ

jackson ribon

प्रतिक्रिया दिनुहोस्: