birat ribon

टोटनह्यामको शानदार जित, बेलको ह्याट्रिक

Neuro
टोटनह्यामको शानदार जित, बेलको ह्याट्रिक

विराटनगर / ग्यारेथ बेलले ह्याट्रिक गरेपछि टोटनह्याम हटस्परले इङ्ग्लिस प्रिमियर लिगमा शानदार जित दर्ता गरेको छ । आइतबार राति टोटनह्यामले शेफिल्ड युनाइटेडमाथि ४–० गोलको शानदार जित हात पार्दा बेलले ह्याट्रिक गरे भने सन हिउङ–मिनले एक गोल गरे ।

टोटनह्यामको मैदानमा बेलले ३६औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई सुरुआती अग्रता दिलाएका थिए । ६१ र ६९औँ मिनेटमा उनले गोल गर्दै ह्याट्रिक पूरा गरे । ७७औँ मिनेटमा सनले गोल गरेपछि टोटनह्याम ४–० गोलले विजयी भयो ।

cura insider

जितसँगै पाँचौँ स्थानको टोटनह्याम ३४ खेलमा ५६ अङ्क जोडेको छ । शेफिल्ड भने १७ अङ्कका साथ अङ्क तालिकाको पुछारमा छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: