birat ribon

रोनाल्डो चम्किँदा युभेन्टसको पुनरागमन जित, शीर्ष तीनमा उक्लियो

Neuro
रोनाल्डो चम्किँदा युभेन्टसको पुनरागमन जित, शीर्ष तीनमा उक्लियो

विराटनगर / इटालियन सिरी ‘ए’मा युभेन्टसले उडिनेसमाथि कमब्याक जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्टसले उडिनेसलाई उसैको मैदानमा २–१ गोलले हराउँदा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । उडिनेसका नाहुएल मोलिनाले एक गोल गरे ।

खेलको दसौँ मिनेटमा मोलिनाले गोल गर्दै उडिनेसलाई सुरुआती अग्रता दिलाएका थिए । ८३औँ. मिनेटमा युभेन्टसले पेनाल्टीको मौका पाएको थियो, जसमा रोनाल्डोले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काए ।

cura insider
Image

खेल सकिन एक मिनेटमा बाँकी रहँदा रोनाल्डोले दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ गोलले जिताए ।

जितसँगै युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ । उसले ३४ खेलमा ६९ अङ्क जोडेको छ । लिगको उपाधि भने इन्टर मिलानले जितिसकेको छ । उसले चार खेलअगावै ११ वर्षपछि उपाधि उचालेको हो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: