birat ribon

बार्सिलोनाको जितमा मेस्सीको दुई गोल, रियलसँग अङ्क बराबरी

Neuro
बार्सिलोनाको जितमा मेस्सीको दुई गोल, रियलसँग अङ्क बराबरी

विराटनगर / स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियामाथि जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई उसैको मैदानमा ३–२ गोलले हराएको हो ।

मेस्टल्लामा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सीले दुई गोल गर्दा एन्टोइन ग्रिजम्यानले एक गोल गरे । भ्यालेन्सियाका ग्राबियल पौलिस्टा र कार्लोस सोलेरले एक–एक गोल गरे ।

cura insider

बार्सिलोनाले भ्यालेन्सियामाथि कमब्याक जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५०औँ मिनेटमा पौलिस्टाले गोल गरेपछि घरेलु टिमले सुरुआती अग्रता बनाएको थियो ।

Image

५७औँ मिनेटमा मेस्सीले बार्सिलोनाले पेनाल्टीकाे माैका पाएकाे थियो । तर, मेस्सीको पेनाल्टी प्रहार असफल भएको थियो । त्यसलगत्तै मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए ।

६३औँ मिनेटमा ग्रिजम्यानले गोल गरेपछि बार्सिलोना अग्रता बनायो । ६९औँ मिनेटमा मेस्सीले दोस्रो गोल गरेपछि बार्सिलोनाले ३–१ गोलको अग्रता बनायो ।

८३औँ मिनेटमा सोलेरले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने कोसिस गरे । तर बाँकी समय गोल नहुँदा बार्सिलोना विजयी भयो ।

जितसँगै बार्सिलोनाले साविक विजेता रियल मड्रिडसँग अङ्क बराबरी गरेको छ । उसले ३४ खेलमा ७४ अङ्क बनाएको छ । दोस्रो स्थानको रियलसँग पनि ७४ अङ्क छ । कम गोल खाएका कारण रियल बार्सिलोनाभन्दा अगाडि छ ।

भ्यालेन्सिया भने ३६ अङ्कका साथ १४औँ स्थानमा छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: