birat ribon

अमेरिका र ब्राजिलमा कोरोना नियन्त्रण हुँदै, भारतमा उस्तै

Neuro
अमेरिका र ब्राजिलमा कोरोना नियन्त्रण हुँदै, भारतमा उस्तै

विराटनगर / कोरोना भाइरसका कारण नराम्ररी प्रभावित बन्दै गएका मुलुकमध्ये अमेरिका र ब्राजिलमा सङ्क्रमण नियन्त्रण हुँदै गइरहेको छ ।

कोरोना भाइरसको दोस्रो र तेस्रो लहरले नराम्ररी गाँजेका मुलुकमध्ये अमेरिका र ब्राजिलले सङ्क्रमण नियन्त्रणमा केही सफलता प्राप्त गरिरहेका हुन् । छिमेकी मुलुक भारतमा भने कोरोना फैलावटको अवस्था उस्तै छ । भारतमा यसअघि दैनिक चार लाखभन्दा बढी र त्यही हाराहारीमा कोरोना सङ्क्रमित भेटिँदै आएका थिए ।

cura insider

कोरोनाका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा २९ हजार तीन सय ८८ जनामा मात्रै सङ्क्रमण पुष्टि भयो । यसअघि दैनिक ५० हजारभन्दा बढी सङ्क्रमित भेटिने गरेका थिए । अमेरिकामा अपनाइएको सावधानी र कोरोनाविरुद्धको खोपको प्रयोगका कारण सङ्क्रमण नियन्त्रणमा केही मद्धत पुगिरहेको हो ।

अमेरिकामा हालसम्म तीन करोड ३१ लाख ७९ हजार एक सय २८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये दुई करोड ५८ लाख २३ हजार सात सय ३० जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ६७ लाख ६४ हजार तीन सय ४२ जनाको उपचार जारी रहेकोमा नौ हजार चार सय ७८ जनाको अवस्था चिन्ताजनक छ ।

अमेरिकामा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गइरहेको छ । एकै दिन तीन सय छ जनाको मृत्यु भयो । यसअघि मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी हुने गरेको थियो । अमेरिकामा हालसम्म पाँच लाख ९१ हजार ५६ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा पछिल्लो २४ घण्टामा २८ हजार नौ सय ३५ जना नयाँ बिरामी थपिए । यसअघि दैनिक एक लाखभन्दा बढीमा कोरोना पुष्टि हुने गरेको थियो । ब्राजिलमा सङ्क्रमित सङ्ख्या एक करोड ४७ लाख ५४ हजार नौ सय १० पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड ३२ लाख ४२ हजार छ सय ६५ जना उपचारपछि निको भएर कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ११ लाख चार हजार छ सय छ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा एकै दिन एक हजार ७४ जना सङ्क्रमितले मृत्युवरण गरेका छन् । मृतकको सङ्ख्या पनि कम हुँदै गइरहेको ब्राजिलमा यसअघि दैनिक दुई हजारभन्दा बढी सङ्क्रमितको मृत्यु हुने गरेको थियो । ब्राजिलमा हालसम्म चार लाख सात हजार छ सय ३९ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

नेपालसँग खुला सिमाना रहेको छिमेकी मुलुक भारतमा भने कोरोना सङ्क्रमण फैलावटको अवस्था उस्तै छ । दैनिक चार लाखभन्दा बढी र त्यही हाराहारीमा सङ्क्रमित फेला पर्ने गरेको भारतमा पछिल्लो २४ घण्टाभित्र तीन लाख ७० हजार ५९ जनामा कोरोना पुष्टि भयो । सङ्क्रमित सङ्ख्या एक करोड ९९ लाख १९ हजार सात सय १५ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड ६२ लाख ८१ हजार सात सय ३८ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ३४ लाख १९ हजार ३२ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

भारतमा दैनिक कोरोनाका कारण मृत्यु हुने सङ्ख्या पनि कम हुन सकिरहेको छैन । एकै दिन तीन हजार चार सय २२ जनाको मृत्यु भयो । यसअघि पनि कोरोनाका कारण दैनिक मृत्यु हुने सङ्ख्या तीन हजारभन्दा बढी नै थियो । कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक भारतमा हालसम्म दुई लाख १८ हजार नौ सय ४५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

विश्वमा पछिल्लो २४ घण्टामा छ लाख ६७ हजार आठ सय १८ जनामा कोरोना पुष्टि भयो । यो सङ्ख्या यसअघि दैनिक भेटिने सङ्क्रमितको भन्दा कम हो । पहिले दैनिक सात लाखभन्दा बढी सङ्क्रमित विश्वमा थपिने गरेका थिए । विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ करोड ३४ लाख ६७ हजार छ सय ६३ पुगेको छ ।

सङ्क्रमितमध्ये १३ करोड १४ लाख ३६ हजार तीन सय ९४ जना उपचारपछि निको भएका छन् । एक करोड ८८ लाख १५ हजार सात सय ३२ जनाको उपचार जारी रहेकोमा एक लाख ११ हजार आठ सय १४ जनाको अवस्था गम्भीर छ । विश्वमा एकै दिन नौ हजार तीन सय ४९ जनाको मृत्यु भयो ।

विभिन्न मुलुकले सङ्क्रमण नियन्त्रणका लागि सामान्य सफलता प्राप्त गरेसँगै विश्वमा कोरोनाका कारण मृत्युवरण गर्नेको सङ्ख्या पनि कम हुन थालेको छ । यसअघि दैनिक १० हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो । विश्वमा हालसम्म कोरोनाका कारण ३२ लाख १५ हजार पाँच सय ३७ जनाको मृत्यु भइसकेको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: