birat ribon

महानगरले सुरु गर्‍यो कन्ट्याक्ट ट्रेसिङ, तीन स्थानमा स्वाब सङ्कलन केन्द्र

Neuro
महानगरले सुरु गर्‍यो कन्ट्याक्ट ट्रेसिङ, तीन स्थानमा स्वाब सङ्कलन केन्द्र

विराटनगर / कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ सुरु गरेको छ । आइतबार महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले सूचना जारी गर्दै कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको जानकारी दिए ।

उनका अनुसार सोमबार (भोलि)देखि महानगरपालिकाका तीन स्थानमा स्वाब सङ्कलन केन्द्र सञ्चालन गरिने छ । विराटनगर १, २, ३,४ र १९ नं वडाका लागि वडा नं १ स्थित पुरानो दमकल कार्यालयमा स्वाब सङ्कलन हुनेछ ।

cura insider

यसैगरी, ५, ६, ७, ८, ९ र १० नं वडाका लागि वडा नं ७ स्थित आदर्श स्कुलको विज्ञान संकायको भवनमा र ११, १२, १३, १४, १५, १६, १७ र १८ नं वडाका लागि वडा नं १५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र रानीमा स्वाब सङ्कलन हुनेछ ।

No description available.

jackson ribon

प्रतिक्रिया दिनुहोस्: