birat ribon

एनएसएल : ललितपुर र पोखराले बराबरी खेले

Neuro
एनएसएल : ललितपुर र पोखराले बराबरी खेले

काठमाडौँ / नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सल बराबरी खेल्दै अङ्क बाँडेका छन् । आइतबार भएको खेलमा ललितपुर र पोखराले गोलरहित बराबरी खेल्दै एक–एक अङ्क बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीबाट गोल हुन सकेन । मध्यान्तरअघिको खेलमा पोखराले आक्रामक खेल खेलेको थियो । मध्यान्तरपछिको खेलमा ललितपुर पोखरामाथि हावी भएको थियो ।
बराबरी खेलेपछि पोखराको चार खेलमा पाँच अङ्क भएको छ । पोखरा लिगको तेस्रो स्थानमा छ । यस्तै ललितपुर चार खेलमा तीन अङ्क जोडेर छैटौँ स्थानमा छ ।

cura insider

लिगमा हालसम्मको खेलको परिणामअनुसार धनगढी एफसी चार खेलमा सात अङ्कका साथ शीर्ष स्थानमा छ । बुटवल छ अङ्कका साथ दोस्रो, विराटनगर पाँच अङ्कसहित तेस्रो, काठमाडौँ रेजर्स चार अङ्कसहित पाँचौँ तथा चितवन दुई अङ्कका साथ लिगको पुछारमा छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: