birat ribon

प्रधानमन्त्रीले विश्वासको मत लिने, राष्ट्रपतिद्वारा संसद्को विशेष अधिवेशन आह्वान

Neuro
प्रधानमन्त्रीले विश्वासको मत लिने, राष्ट्रपतिद्वारा संसद्को विशेष अधिवेशन आह्वान

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवराज घिमिरेले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले संसद्को विशेष अधिवेशन आह्वान गरेको जनाएका हुन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिले संसद्को विशेष अधिवेशन आह्वान गरेकी हुन् ।

cura insider

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम ‘प्रधानमन्त्रीले आफूमाथि विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेर सोही प्रयोजनका लागि २७ गते अपराह्न १ बजे प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: