birat ribon

राजस्थानले हैदराबादलाई हरायो

Neuro
राजस्थानले हैदराबादलाई हरायो

विराटनगर / इन्डियन प्रियिमर लिग (आइपिएल) मा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई हराएको छ । आइतबारको पहिलो खेलमा राजस्थानले हैदराबादलाई ५५ रनले हराएको हो ।

दिल्लीस्थित फिरोज शाह कोट्लामा राजस्थानले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभर खेल्दा ८ विकेटको क्षतिमा एक सय ६५ रन मात्र बनाउन सक्यो ।

cura insider

हैदराबादका लागि मनिष पाण्डेले ३१ रन जोडे भने जोनी बैरिस्ट्वले ३० रन बनाए । कप्तान केन विलियमसनले २० रन जोड्दा केदार जादवले १९ तथा मोहम्मद नाबीले १७ रन जोडे ।

राजस्थानका क्रिस मोरिस र मुस्ताफिजुर रहमानले समान ३–३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभर खेल्दा ३ विकेटको क्षतिमा दुई सय २० रन बनाएको थियो । राजस्थानका जोस बट्लरले एक सय २४ रनको शतकीय इनिङ्स खेल्दा कप्तान सञ्जु सामसनले ४८ रन जोडे । रियान पराग १५ रनमा अजिवित रहँदा याशस्वी जैसवाल १२ रनमा आउट भए ।

हैदराबादका सन्दीप शर्मा, रसिद खान र विजय शङ्करले १–१ विकेट लिए ।

जितसँगै राजस्थानले सात खेलमा ६ अङ्क जोडेको छ । राजस्थान पाँचौँ स्थानमा छ । हैदराबाद भने २ अङ्कसहित पुछारमा छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: