birat ribon

मोरङमा हत्यापछि मकैबारीमा फालियो महिलाको शव, बलात्कारको आशङ्का, पहिचान अझै खुलेन

Neuro
मोरङमा हत्यापछि मकैबारीमा फालियो महिलाको शव, बलात्कारको आशङ्का, पहिचान अझै खुलेन

विराटनगर / मोरङको रतुवामाईमा मृत अवस्थामा भेटिएको महिलाको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । आइतबार बिहान स्थानीय रामप्रसाद भण्डारीको मकैबारीमा महिलाको शव भेटिएको थियो । शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले हत्या गरी शव फालेको निष्कर्ष निकालेको हो ।

‘प्रारम्भिक अनुसन्धानका क्रममा हत्या भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले भने, ‘बलात्कार भए नभएको पोष्टमार्टमपछि खुल्छ ।’

cura insider

शवलाई पोष्टमार्टमका लागि कोसी अस्पताल विराटनगर ल्याइएको छ । महिलाले लगाएको कपडा च्यातिएको र माथि सुर्किएका कारण बलात्कार भएको हुनसक्ने प्रहरी स्रोतको दाबी छ ।

आइतबार बिहान रतुवामाई–६ स्थित सिंहगिरी भन्ने स्थानमा महिलाको शव फेला परेको थियो । अन्दाजी ३० वर्षीया कालो वर्णकी महिलाले पहेलो कुर्ता र कालो रङ्को टाउजर लगाएकी छन् । पहिचान नखुल्दा थप अनुसन्धानमा समस्या भएको प्रहरीले बताएको छ ।

स्थानीय रामप्रसादीले घाँस काट्न मकैबारीमा जाँदा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘महिलाको घाँटीमा डाम छ, शरीरमा चोट भएका कारण हत्या हुनसक्ने प्रारम्भिक निष्कर्ष हो,’ डिएसपी राईले भने, ‘अनुसन्धान जारी छ, पहिचान खुलेपछि सबै विषय खुल्छ ।’

jackson ribon

प्रतिक्रिया दिनुहोस्: