birat ribon

पर्यटनमन्त्री ढकाल दम्पत्तिलाई कोरोना सङ्क्रमण

Neuro
पर्यटनमन्त्री ढकाल दम्पत्तिलाई कोरोना सङ्क्रमण

काठमाडौँ / संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानु भक्त ढकाल र उनकी धर्मपत्नी इन्दिरा फूयाँललाई कोरोना सङ्क्रमण देखिएको छ । मन्त्री ढकालले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरू कोरोना सङ्क्रमित भएको जानकारी दिएका हुन् ।

उनले आज गरिएको परीक्षणबाट कोरोना पोजेटिभ देखिएको बताउँदै हाल आफूहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । निवासमा आराम गरिरहेको बताउँदै मन्त्री ढकालले आफूहरूसँग सम्पर्कमा आएका सबैलाई आवश्यक सावधानी र सजगता अपनाउनसमेत आग्रह गरेका छन् ।

cura insider
jackson ribon

प्रतिक्रिया दिनुहोस्: