birat ribon

यसकारण कान दुख्छ

Neuro
यसकारण कान दुख्छ

विराटनगर / कान चिलाउने र दुख्ने समस्या धेरै मानिसमा हुने गर्छ । कानको दुखाइ सामान्य र छिटै हुने खालको पनि हुनसक्छ भने समस्या जटिल खालको पनि हुन्छ । कान दुख्नुको साथै कानबाट पानी बग्ने र पछि पिपसमेत बग्ने अवस्थालाई कान पाक्नु भनिन्छ ।

यस्तो समस्या बालबालिका तथा किशोरहरूमा बढी देखिने समस्या हो । कानमा ढुसी (फङ्गस)को सङ्क्रमणका कारण कान दुख्ने हुन्छ । कानमा हुने फङ्गल सङ्क्रमण अन्य समयको तुलनामा पानी पर्दा धेरै हुने पाइएको छ । बाटोमा कान सफा गर्ने मानिसहरूबाट कान सफा गराउनु पनि कानमा सङ्क्रमण हुने कारण हुनसक्छ ।

cura insider

कानमा भएको सङ्क्रमण अन्य भागमा समेत फैलन सक्छ । जसकारण कान दुख्ने समस्यालाई सामान्य हो सोचेर लापरवाही पनि गर्नु हुँदैन । क्यान्डिडा एल्भिकेन्स र एस्पर्जिलस नाइगर नामक दुई किसिमका फङ्गसहरू कान दुख्नुका पछाडि जिम्मेवार हुन्छन् । कानभित्रको रङ पहेंँलो जस्तो देखिए एल्भिकेन्स र कालो देखिए नाइगर फङ्गसले गर्दा भएको भन्ने बुझाइ छ । रोग प्रतिरोध क्षमता कमजोर भएमा पनि काम दुख्ने समस्या देखिन्छ । वातावरणको आद्रता र कानभित्रको गर्मीले फङ्गसको वृद्धिमा सहयोग पुर्‍याइरहेको हुन्छ ।

कानमा तेल हाल्नु वा नुहाउँदा पानी पस्नु पनि कान दुख्नुका कारण हुन सक्छन् । कान सफा गर्दा सिन्को वा अन्य वस्तुको प्रयोग गर्नु पनि कान दुख्नुको कारण हुन सक्छ । जसकारण कानमा जुन पायो त्यही वस्तुले चिलाउने वा सफा गर्ने काम गर्नु हुँदैन । पिनासका कारण वा टन्सिल सुन्निनाले पनि कान दुख्ने र पाक्ने समस्या देखिन सक्छ ।

कानको जाली फुट्नाले, कान वरिपर सङ्क्रमण भए, दाँतमा सङ्क्रमण हुदा वा पिप भरिँदा पनि कान दुख्ने र पाक्ने हुन्छ । कान चिलाए जस्तो हुने, चिलाउने, दुख्ने, कानभित्र हेर्दा रातो वा सुन्निएको देखिने, कानबाट तरल पदार्थ वा पिप जस्तो पदार्थ बग्ने, कान बन्द भएको जस्तो लक्षण देखिन सक्छ ।

कान दुख्यो वा कानबाट पानी बग्यो भने तुरुन्त नाककान तथा घाँटीको डाक्टरलाई देखाइहाल्नुपर्ने हुन्छ । कानभित्र हेरेर तथा लक्षणका आधारमा रोगको पहिचान गरी उपचार गर्नुपर्ने हुन्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: