birat ribon

गङ्गालालमा अक्सिजन उत्पादन सुरु

Neuro
गङ्गालालमा अक्सिजन उत्पादन सुरु

काठमाडौँ / सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबारदेखि अक्सिजन उत्पाादन सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा निर्माण भएको अक्सिजन प्लाण्टको आइतबार एक समारोहकाबीच उद्घाटन भएसँगै अक्सिजन उत्पादनको काम सुरु भएको हो ।

२०७६ साल माघ १५ गते महानगरपालिका र केन्द्रबीच अक्सिजन प्लान्ट स्थापना गर्नेसम्बन्धी सम्झौता भएको थियो । सो सम्झौतालगत्तै निर्माणको काम सुरु भएको अक्सिजन प्लान्टको आइतबार विधिवत शुभारम्भ गरिएको हो । प्लान्टको प्रतिदिन ६ हजार तीन सय ४५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको छ ।

cura insider

चलनमा रहेको अक्सिजन सिलिन्डरअनुसार, प्रतिदिन एक सय ३५ वटा सिलिन्डर उत्पादन हुनेछ । एउटा अक्सिजन सिलिन्डरमा ४७ लिटर अक्सिजन हुने गर्छ । सो अक्सिजन प्लान्ट दुई करोड ७५ लाख रुपैयाँमा निर्माण भएको हो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: