birat ribon

प्रदेश १ मा सङ्क्रमितको सङ्ख्यामा नयाँ रेकर्ड, विराटनगरमा थपिए दुई सय

Neuro
प्रदेश १ मा सङ्क्रमितको सङ्ख्यामा नयाँ रेकर्ड, विराटनगरमा थपिए दुई सय

विराटनगर / प्रदेश १ मा चार सय १७ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मोरङमा २ सय ४२, सुनसरीमा ६९, झापामा ४४, ते¥हथुममा ५, संखुवासभामा ४, उदयपुरमा ३, इलाममा २, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा ९८ महिला र १०२ पुरुषसहित दुई सय जना, सुन्दरहरैचामा १६, बुढीगंगामा ६, बेलबारीमा ४, उर्लाबारीमा ३, रतुवामाई र सुनबर्षीमा २–२, धनपालथान, जहदा, कानेपोखरी, कटहरी, रंगेली, ग्रामथान, र पथरीशनिश्चरेमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

cura insider

सुनसरीको इटहरीमा ३१, इनरुवामा १०, रामुधुनीमा ८, धरानमा ५, देवानगञ्जमा ४, बराहक्षेत्र र हरिनगरमा, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका २–२, भोक्राहानरसिंह, बर्जु र गढीमा १–१, झापाका दमकमा २३, कमल गाउँपालिकमा ११, हल्दिबारीमा ३, भद्रपुर, मेचीनगर र स्थानीय तह नखुलेका २–२, कनकाईमा १, ते¥हथुमको म्याङलुङमा ५, संखुवासभाको खाँदबारीमा ४, उदयपुरको त्रियुगामा ३, इलामको इलाम नगरपालिका र माईजोगमाईमा १–१, खोटाङको हलेसी तुवाचुङ र धनकुटाको महालक्ष्मीमा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै सक्रिय सङ्क्रमितको संख्या २ हजार ७ सय ६९ पुगेको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: