birat ribon

आइतबार अहिलेसम्मकै धेरै सङ्क्रमित, २७ जनाको मृत्यु

Neuro
आइतबार अहिलेसम्मकै धेरै सङ्क्रमित, २७ जनाको मृत्यु

विराटनगर / नेपालमा आइतबार सात हजार दुई सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार सात सय ७० परीक्षण गर्दा सात हजार दुई सय ११ जनामा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार सात सय ७० पिसिआर परीक्षण र छ सय २३ जनाको एन्टिजेन परीक्षण भएको छ । पिसिआर परीक्षण गराएकामध्ये सात हजार एक सय ३७ जना र एन्टिजेन परीक्षण गराएकामध्ये ७४ जनामा कोरोना पुष्टि भएको हो ।

cura insider

यससँगै कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ३६ हजार ३० पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४८ हजार सात सय ११ रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै आज एक हजार ६ सय १२ सङ्क्रमित निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ८३ हजार नौ सय ९४ पुगेको छ ।

यता, पछिल्लो २४ घण्टामा २७ सङ्क्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार तीन सय २५ पुगेको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: