birat ribon

नेयमार ताक्दै बार्सिलोना, पिएसजीले भन्यो : बिक्रीका लागि उपलब्ध छैनन्

Neuro
नेयमार ताक्दै बार्सिलोना, पिएसजीले भन्यो : बिक्रीका लागि उपलब्ध छैनन्

विराटनगर / स्पेनिस फुटबल क्लब बार्सिलोनाले फेरि एक पटक पूर्वखेलाडी नेयमार अनुबन्ध गर्न जुटेको छ । बार्सिलोनाले ब्राजिलियन स्टार नेयमारलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट फर्काएर क्याप नोउ ल्याउन पुनः कोसिस गरेको हो ।

नेयमार सन् २०१७ मा कीर्तिमानी ट्रान्सफर रकममा स्पेनबाट फ्रान्सको राजधानी हानिएका थिए । नेयमार रहँदा कप्तान लियोनल मेस्सी र पूर्वखेलाडी लुइस स्वारेजको साथ पाएर बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

cura insider

चार वर्षअघि नेयमार पिएसजी गए भने २०२० मा स्वारेज पनि ला लिगा क्लब एथ्लेटिको मड्रिड जान बाध्य भए । अब, बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले नेयमार र मेस्सीलको पुनर्मिलन गराउने योजना बुनेका हुन् । लापोर्टाले हालै मात्र बार्सिलोनाको नेतृत्व सम्हालेका हुन् ।

लापार्टाले यसै समरमा नेयमार ल्याउने मनसाय बनाउँदै पिएसजीलाई सम्पर्क गरेका थिए । तर पिएसजीले भने नेयमार बिक्रीका लागि उपलब्ध नरहेको जनाएको छ । ‘आरएसी वान’का अनुसार फ्रेन्च क्लबले बार्सिलोनालाई नेयमार बिक्रीका लागि नभएको बताएको हो ।

खबरका अनुसार पिएसजी नेयमारसँगको सम्झौता नवीकरण गर्न प्रयासरत छ । नेयमार र पिएसजीबीचको सम्झौता २०२२ को समरमा सकिँदैछ । त्यै पनि बार्सिलोनाले आशा मारेको छैन । विशेषगरी पिएसजीले नेयमारसँगको सम्झौता थप्न नसकेमा उनलाई खोस्ने दाउमा बार्सिलोना रहेको बताइन्छ ।

jackson ribon