birat ribon

भारतमा रक्तदान गर्ने युवाको सङ्ख्यामा कमी आउने

Neuro
भारतमा रक्तदान गर्ने युवाको सङ्ख्यामा कमी आउने

विराटनगर / भारतमा कोभिडको महामारी र खोपका कारण आउने महिनाहरूमा रक्तदाताहरूको अभाव हुन सक्ने सम्भावना देखिएको छ ।

रगतको बढ्दो माग र कम रक्तदाताका कारण भारतका ब्लड बैङ्कले रगतको अभाव सामना गरिसकेका छन् । रगतलाई सधैँ भण्डार गरेर राख्न सकिँदैन र महामारीको समयमा मानिसहरूलाई रक्तदान गर्नका लागि प्रोत्साहित गर्न र रक्तदान शिविर सञ्चालन गर्ने तरिका पत्ता लगाउन कठिन बनाउँछ ।

cura insider

खोपले कोरोना महामारीको विरूद्ध प्रतिरोध क्षमता प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । भारत सरकारले सन् २०२१ को १ मेदेखि १८ देखि ४४ वर्ष उमेरका व्यक्तिलाई लक्षित गर्दै कोभिड खोपको तेस्रो चरणको खोप अभियान संचालनामा ल्याएको छ । राष्ट्रिय रक्त सञ्चार काउन्सिल (एनबीटीसी) द्वारा जारी मार्गनिर्देशनअनुसार खोपको प्रत्येक डोज (पहिलो वा दोस्रो) लिइसकेका व्यक्तिले २८ दिनसम्म रक्तदान गर्न सक्दैनन् ।

धेरै राज्य सरकारहरूले दोस्रो लहरको सङ्क्रमण तीव्र गतिमा बढिरहेको ध्यानमा राख्दै आंशिक वा पूरै लकडाउन घोषणा गरेका छन् । शैक्षिक संस्था बन्द गरिएको छ भने युवाहरू घरबाट काम गर्न बाध्य छन् । र, यस्तो समयमा ब्लड बैङ्कले रक्तदान कार्यक्रम आयोजना गर्न सक्दैनन् । तर, आकस्मिक शल्यक्रिया, दुर्घटना, क्यान्सर वा अन्य कारणले रगत चाहिने बिरामीहरूलाई रगत आवश्यक भइरहेको हुनसक्छ ।

१९ देखि ४४ वर्ष उमेरका युवाहरू रक्तदान कार्यक्रममा धेरै सहभागी हुने भएका कारण रगतको गम्भीर अभाव हुनसक्ने देखिएको छ । १८ देखि ४४ वर्षका सबै मानिसलाई खोप दिन समय लाग्ने हुँदा त्यसैले स्वस्थ मानिसलाई खोप लगाउनुअघि र खोपको पहिलो डोज लगाएको २८ दिन पछि वा खोपको दोस्रो डोज लगाउनुअघि रक्तदान गर्न सुझाइएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: