birat ribon

थकान : शारीरिक तथा मानसिक रोगको सङ्केत

Neuro
थकान : शारीरिक तथा मानसिक रोगको सङ्केत

विराटनगर / कोरोना भाइरसको सङ्क्रमणको विभिन्न लक्षणमध्ये थकान पनि एक हो ।

तर, थकान कोभिडको एकमात्र लक्षण होइन । सामान्यता धेरै काम, शारीरिक गतिविधिपछि वा निद्राको अभावका कारण शरीर थाक्न सक्छ । शरीर गलेजस्तो, कमजोरी भएजस्तो अनुभव भएमा थकान भएको भनिन्छ । हुन त यो आफैँमा कुनै रोग होइन तर, यसले धेरै शारीरिक तथा मानसिक रोगहरू लागेकोतर्फ सङ्केत गरेको हुनसक्छ ।

cura insider

अनियमित जीवनशैलीका कारण थकान भए खासै चिन्तित हुनुपर्दैन । शरीरको उर्जा लगातार कम भइरहेमा, दैनिक काम गर्न समस्या हुन थालेमा थकान कुनै सङ्क्रमण वा रोगको लक्षणमध्ये एक हुनसक्छ । कोरोना भाइरसको सङ्क्रमणको साथसाथै सामान्य मौसमी फ्लू, हेपाटाइसिस, एचआइभी, निमोनियालगायतका अन्य ब्याक्टेरियल र भाइरल सङ्क्रमणका कारण पनि शरीर थकित हुनसक्छ ।

रगतमा रातो रक्तकोषको कमी (एनेमिया) भएमा, एलर्जी, ज्वरोका कारण थकान हुनसक्छ । गम्भीर मिर्गौला रोग भएमा, फोक्सो तथा कलेजोमा समस्या भएमा, मुटुसँग सम्बन्धित समस्या भएमा, मोटोपनाको समस्या भएमा, बाथ रोग, कुनै खानाको एलर्जी भएमा, फुड इन्टोलरेन्स, मांसपेसी तथा जोर्नीको दुखाइले पनि थकान निम्त्याउन सक्छ ।

डाइबिटिज (मधुमेह) तथा हाइपोथाइराइडिजम (शरीरमा थाइरोइड हर्मोनको कमी भए) को कारण पनि थकान हुनसक्छ । क्यान्सरको कारण वा क्यान्सरको उपचारमा हुनसक्ने साइड इफेक्टको कारण पनि थकान हुनसक्छ । एन्जाइटी, डिप्रेसन, बाइपोलार डिसअर्डरलगायत मानिसक समस्याका कारण पनि लामो समयसम्म तथा लगातार शरीर थकित भइरहन सक्छ ।

धेरै शारीरिक र मानसिक रोगहरू, साथसाथै जीवनशैली कारकहरूले थकान निम्त्याउन सक्छ । जसकारण के कारणले थकान भएको हो भनेर पहिचान गर्न गाह्रो हुन्छ । केही अवस्थामा आराम गरेर, कफीको सेवन गरी थकानलाई सजिलै उपचार गर्न सकिन्छ । हप्तौंसम्म गम्भीर किसिमको थकानको अनुभव भइरहेमा भने डाक्टरको परामर्श लिनुपर्ने हुन्छ ।

कुनै रोग वा सङ्क्रमणका कारण भएको थकानको औषधि उपचार गर्नु जरुरी हुन्छ । औषधि उपचारका साथसाथै, जीवनशैलीमा परिवर्तन गरी, खानपान, व्यायाममा समेत ध्यान दिन डाक्टरले परामर्श दिन सक्छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: