birat ribon

रियलले अस्वीकार गरेपछि नयाँ क्लबको खोजीमा रोनाल्डो

Neuro
रियलले अस्वीकार गरेपछि नयाँ क्लबको खोजीमा रोनाल्डो

विराटनगर / पूर्वक्लब रियल मड्रिडले अस्वीकार गरेपछि इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो नयाँ क्लबको खोजीमा लागेका छन् । इटालियन मिडियाको रिपोर्टअनुसार यसै समरमा युभेन्टस छोड्ने मनसाय बनाएका रोनाल्डोले नयाँ क्लबको खोजी थालेका हुन् ।

युभेन्टस आगामी सिजनको च्याम्पियन्स लिग खेल्न असफल भएमा रोनाल्डोले इटाली छोड्ने सम्भावना बढेको छ । साविकको विजेतासमेत रहेको युभेन्टस यस सिजनको सिरी ‘ए’को शीर्ष चारमा रहन सङ्घर्षरत छ । ऊ रोमाञ्चक अङ्क तालिकाको पाँचौँ स्थानमा छ ।

cura insider

अब, युभेन्टस चौथो स्थान उक्लिन नसकेमा युरोपा लिग खेल्नुपर्नेछ । यदि, त्यसो भएमा पोर्चुगिज स्टार रोनाल्डोले टुरिन छोड्ने छन् । यसका लागि उनले नयाँ गन्तब्यको खोजी तीव्र पारेको विभिन्न रिपोर्टहरूको दाबी छ ।

यसअघि रोनाल्डो पूर्वक्लब रियल फर्किने चर्चा चल्दैआएको थियो । तर रियलका अध्यक्षले रोनाल्डो सान्टियागो बर्नाबेउ नफर्किने स्पष्ट पारेका थिए । अब, उनले पूर्वक्लब म्यानचेस्टर युनाइटेड वा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मध्ये एक रोज्ने चर्चा पनि छ ।

रोनाल्डोले युभेन्टससँग सन् २०२२ सम्म सम्झौता गरेका छन् । रोनाल्डोले पाँच पटक च्याम्प्यिन्स लिगको उपाधि जितेका छन्, जसमध्ये चार पटक रियल मड्रिडबाट र एक पटक म्यानचेस्टर युनाइटेडबाट ।

छैटौँ पटक च्याम्पियन्स लिग जित्ने दाउमा रहेका उनले युभेन्टसबाट नसक्ने पक्का–पक्की नै भइसकेको छ । किनकि उनी इटाली आएपछि युभेन्टस आयाक्स, लियोन र पोर्टोसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: