birat ribon

भ्यालेन्सियासँग खेल्नुअघि कोइम्यानले भने–पाँच खेल जिते उपाधि जित्छौँ

Neuro
भ्यालेन्सियासँग खेल्नुअघि कोइम्यानले भने–पाँच खेल जिते उपाधि जित्छौँ

विराटनगर / बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोइम्यानले अझै पनि ला लिगाको उपाधि जित्ने सम्भावना रहेको बताएका छन् । आज राति हुन लागेको भ्यालेन्सियासँगको खेलअघि कोइम्यानले आगामी पाँच खेल जितेमा बार्सिलोना लिग च्याम्पियन हुने बताएका हुन् ।

बार्सिलोनाले आज राति १२ः४५ बजे चौधौँ स्थानको भ्यालेन्सियासँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दै छ । अब बार्सिलोनाले भ्यालेन्सियालगायत पाँच टोलीसँग प्रतिस्पर्धा गर्नेछ । अब, बार्सिलोनाले शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग पनि खेल्न बाँकी छ ।

cura insider

ऊ ७१ अङ्कका साथ तेस्रो स्थानमा छ । दोस्रो स्थानको रियलसँग ७४ अङ्क छ भने एथ्लेटिकोसँग ७६ अङ्क छ । रियल र एथ्लेटिकोले बार्सिलोनाभन्दा एक खेल बढी खेलेका छन् ।

‘म विश्वस्त छु कि आगामी पाँच खेल जितेमा हामी लिग च्याम्पियन बन्ने छौँ,’ उनले भ्यालेन्सियासँगको खेलको पूर्वसन्ध्यामा भने, ‘ग्रानडासँगको हारले हामी निराश छौँ । हामीले अवसर गुमाएका छौँ तर यहाँ निराश हुने समय नै छैन ।’

‘हामी ला लिगा जित्न सङ्घर्षरत छौँ । हामीले सावित गर्नुपर्ने धेरै कुराहरू छन् । हामीले भनिसकेका छौँ र मेरो विचारमा हाम्रो टोली राम्रो तयारीमा छ’, उनले थपे ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: