birat ribon

सङ्क्रमणका यी लक्षणहरू हप्तौँसम्म सङ्क्रमितमा रहनसक्ने

Neuro
सङ्क्रमणका यी लक्षणहरू हप्तौँसम्म सङ्क्रमितमा रहनसक्ने

विराटनगर / धेरैजसो कोरोना भाइरसका बिरामीहरू १५ दिनसम्ममा निको हुन्छन् ।

सङ्क्रमणका कारण हल्कादेखि मध्यम अवस्थाका बिरामीमा ज्वरो, खोकी र केही दिनका लागि गन्ध वा स्वादको भावना हराउने हुन्छ । तर, भाइरसबाट सङ्क्रमित भएपछि देखिएका लक्षणहरू हप्तौँसम्म सङ्क्रमितमा रहनसक्ने धेरै प्रमाणहरू फेला परेको छ ।

cura insider

किङ्ग्स कलेज लन्डन र स्वास्थ्य कम्पनी जोद्वारा कोभिड लक्षणको अध्ययन गर्ने एपका अनुसार दशमध्ये एक जनामा तीन हप्तापछि पनि सङ्क्रमणको लक्षण हुनसक्छ । साथै, कोही सङ्क्रमित महिनौँसम्मका लागिसमेत पीडित हुन सक्छन् । धेरै गम्भीर रोग भएकामध्ये अस्पताल भर्ना गरिएका एक सय ४३ जना मानिसहरूलाई इटालियन अन्वेषकहरूले अध्ययन गरेका थिए ।

सङ्क्रमण भएको दुई महिना पछिसम्म पनि लगभग ९० प्रतिशतलाई अझै पनि केही लक्षण देखा परेको अध्ययनले देखाएको थियो । धेरैजसो बिरामीहरूमा थकान, सास फेर्न गाह्रो हुने, जोर्नी दुखाइ जस्ता लक्षण देखा परेको थियो । यस्ता छन् कोरोना भाइरसको सङ्क्रमणका दीर्घकालीन लक्षणहरू :

– ज्वरो
– लामो समयसम्मको थकान
– सास फेर्न गाह्रो हुनु
– मुटुको दर बढ्नु
– भ्रम
– स्ट्रोक
– अनिद्रा
– स्वाद र गन्ध हराउने
– मिर्गौलामा समस्या
– हिँड्न वा गतिविधि गर्न गाह्रो हुने
– टाउको दुख्ने
– मांसपेशी दुखाइ

jackson ribon