birat ribon

धम्की आएपछि खोप निर्माता परिवारसहित बेलायत भागे

Neuro
धम्की आएपछि खोप निर्माता परिवारसहित बेलायत भागे

विराटनगर / सेरम इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अदार पुनावाला परिवारसहित बेलायत भागेका छन् ।

कोभिड खोप छिटो सप्लाई गर्न भन्दै मुख्यमन्त्री, व्यापारीलगायतका भारतका शक्तिशाली व्यक्तिहरूले फोनमार्फत धम्क्याएपछि पुनावाला परिवारसहित बेलायत भागेका हुन् । बेलायत गएका पुनावालाले त्यहाँ दिएको अन्तर्वार्तामा आफूलाई सुरक्षा खतरा भएकाले भारत छाडेर बेलायत आएको जानकारी दिएका हुन् ।

cura insider

पुनावालाका अनुसार उनलाई शक्तिशाली व्यक्तिहरूले फोन गरेर खोप नदिएमा राम्रो हुने छैन भनेर धम्की दिएका थिए । पुनावालामाथि सम्भावित सुरक्षा खतरालाई ध्यान दिँदै भारत सरकारले केन्द्रीय प्रहरी वलको एक टोलीलाई उनको सुरक्षामा खटाएको थियो । आफू असुरक्षित भएको भन्दै उनी पत्नी र छोरासहित बेलायत पुगेका हुन् ।

उनले तत्काल भारत फर्कन नचाहेको र आफू निर्धारित समयभन्दा बढी बेलायत बस्ने बताएका छन् । सेरम इन्स्टिच्युटले भारतमा अक्सफोर्ड–एस्ट्राजेनिको कोरोनाविरुद्धको खोप कोभिशिल्ड उत्पादन गर्दै आएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: