birat ribon

शरीरमा अक्सिजन बढाउने भनिएको यो विधि गलत

Neuro
शरीरमा अक्सिजन बढाउने भनिएको यो विधि गलत

विराटनगर / कोरोना भाइरसको गम्भीर सङ्क्रमण हुँदा सास फेर्न गाह्रो हुने, शरीरमा अक्सिजनको मात्रा घट्ने हुन्छ ।

धेरैजसो बिरामी घरमै आइसोलेसनमा बसिरहेका छन् । कोभिडको बिरामी सबैलाई अक्सिजन चाहिन्छ भन्ने हुँदैन । तर, अक्सिजन अभावका कारण सङ्क्रमितको मृत्युसमेत हुनसक्छ । हालको समयमा शरीरमा अक्सिजनको मात्रा बढाउने घरेलु उपाय भन्दै फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जालमा गलत र भ्रामक सूचना सार्वजनिक भइरहेका छन् ।

cura insider

शरीरमा अक्सिजनको मात्रा बढाउनका लागि अस्पताल जाने, डाक्टरको परामर्श लिनुभन्दा पनि घरेलु उपायका नाममा मानिसहरू गलत उपचार अपनाउँदै छन् । जुन उनीहरूका लागि घातक पनि हुनसक्छ । सामाजिक सञ्जालमा अक्सिजन स्तर घटेमा कपुर, ल्वाङ, ज्वानो तथा युक्लिप्टस तेलको मिश्रण गरी मलमलको सुती कपडामा पोको पारेर बाँध्ने र बेलाबेलामा सुँघ्न सुझाव दिइएको पोस्ट निकै भाइरल भइरहेको छ ।

उक्त पोस्टमा सुँघिसकेपछि प्लास्टिकको जीपर ब्यागमा राख्न पनि सकिने र यसले शरीरमा अक्सिजन स्तर बनाइराख्न सघाउने सुझाव दिइएको छ । तर, यस प्रकारका घरेलु विधिले कोरोना भाइरसका बिमारीलाई सघाउने कुनै प्रमाण छैन ।

कपुरको तेल छालाको क्रिम तथा मलममा प्रयोग हुन्छ र यसको आन्तरिक सेवन हानिकारकसमेत हुनसक्छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले कपुरको गन्ध फोक्सोमा पुग्दा हानी गर्नसक्ने चेतावनी दिएको छ । कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको रोगका कारण शरीरमा अक्सिजनको मात्रा घटेमा मेडिकल अक्सिजन नै प्रयोग गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सुझाव दिएको छ ।

डब्लुएचओकी डा. ज्यानेट डियाजका अनुसार यदि शरीरमा अक्सिजनको स्तर घटेमा र समयमा उपचार गरिएन भने शरीरका कोषहरू काम गर्न बन्द गर्न थाल्छन् र यस्तो बेलामा जीवनलाई बचाउनका लागि मेडिकल अक्सिजन दिएर उपचार गर्नुपर्ने हुन्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: