birat ribon

विराटनगरका कोरोना अस्पताल भरिए, बेड पाउन मुत्यु पर्खनुपर्ने

Neuro
विराटनगरका कोरोना अस्पताल भरिए, बेड पाउन मुत्यु पर्खनुपर्ने

विराटनगर / कोरोना सङ्क्रमितको उपचार गरिरहेका दुई मेडिकल कलेजको बेड भरिएका छन् । विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजका बेड भरिएका हुन् । बेड भरिएपछि उपचार खोज्दै आएका सङ्क्रमितले उपचार नपाउने अवस्था छ ।

विराट मेडिकल कलेजलले शुक्रबारयता नयाँ बिरामी भर्ना लिएको छैन । नोबेल मेडिकल कलेजले पनि शनिबार बेलुकायता बिरामी भर्ना गरेको छैन ।

cura insider

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भने केही बेड खाली छन् । गम्भीर अवस्थाका बिरामी राखिने ती बेडमा बिरामीका आफन्तले तारान्तर फोन गरिरहेका छन् ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार शनिबार दिउँसोसम्म कलेजमा ३८ जना सङ्क्रमित थिए । राति करिब १० बजेसम्म अस्पतालमा भएका ७० वटै बेड भरिएको उनले बताए ।

‘दिउँसो ३८ जना बिरामी थिए, रातिबाट भर्ना गरेनौँ,’ उनले भने,‘ बेड भरिएपछि नयाँ बिरामी राख्ने ठाउँ भएन ।’

कलेजले १० वटा बेडको आइसियू सञ्चालन गरिरहेको थियो । अक्सिजन आवश्यक पर्ने बिरामी बढेपछि आइसियू बेडको सङ्ख्या ३९ पुर्‍याइएको उनले बताए । ‘हाम्रो क्षमता एक सय १० बेड सञ्चालन गर्ने हो तर अहिले ७० बेडमात्रै तयारी अवस्थामा छ,’ उनले भने, ‘बाँकी बेड थप्दैछौँ, बेड थप भएपछि केही राहत हुन्छ ।’

उनका सुनसरी नयाँ बिरामी भर्नाका लागि तारान्तर फोन आइरहेको छ । ‘बिरामी भर्ना गर्नुपर्‍यो भन्दै फोन आकोआइ छ, हामीसँग बेड नै छैन,’ उनले भने, ‘चाप धान्न धेरै गाह्रो भइसक्यो ।’

विराट मेडिकल कलेजको अवस्था पनि उस्तै छ । कलेजको आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार विराटमा शुक्रबारबाटै बेड भरिएको थियो ।

‘कोभिड १९ उपचार केन्द्रमा एक सय छ सर्वसाधारण र १४ जना अस्पतालकै कर्मचारी भर्ना हुनुहुन्छ,’ उनले भने, ‘नयाँ बिरामी भर्ना लिएका छैनौँ ।’ बिरामीको चाप अत्यधिक बढेपछि थप सातवटा आइसियू बेड थप्ने गृहकार्य सुरु भएको उनले बताए ।

‘सङ्क्रमितलाई बेड अभाव छ, हिजो दुई जनाको मृत्यु भएपछि इमरजेन्सीमा भर्ना भएकालाई कोभिडमा सा¥यौँ,’ देवले भने, ‘नयाँ बिरामी भर्ना गर्न सक्ने अवस्था छैन ।’

सरकारी अस्पतालमा बेड

विराटनगरमा प्रदेश १ सरकारले सञ्चालन गरेको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा केही बेड खाली छन् । उपचार केन्द्रका प्रमुख बैजनाथ साहका अनुसार उपचार केन्द्रमा ९६ वटा बेड छन् । त्यसमा २८ जना बिरामी उपचाररत छन् ।

८० बेडको कोरोना उपचार केन्द्र भने ममर्तका लागि भन्दै प्रदेश सरकारले बन्द गरेको छ । बिरामी भर्ना भएका उपचार केन्द्रमा पनि बिरामीको चाप बढेकाले बेड भरिन समय नलाग्ने उनले बताए । ‘बिरामी बढेका बढ्यै छन्,’ साह भन्छन्, ‘अधिकांश अक्सिजन लेभल कम भएका बिरामी छन् ।’

jackson ribon