birat ribon

लहानको सेरोफेरो छेपारै–छेपारो !

तराईका जिल्लाहरूको अवलोकन तथा सर्वेक्षण

Neuro
लहानको सेरोफेरो छेपारै–छेपारो !तराईका जिल्लाहरूको अवलोकन तथा सर्वेक्षण

कमला नदीबाट हामी फेरि चोहर्वा फर्कियौँ । त्यहाँबाट लहानहुँदै गाईघाट जाने हाम्रो योजना थियो । हामी सीधै लहान बजार आयौँ ।

लहान बजार सहरीकरण हुने क्रममा थियो । भोक पनि लागिसकेकोले त्यहाँको एउटा लाइन होटलमा पसेर खाना खायौँ । त्यसपछि लहान बजारको सेरोफेरोका क्षेत्रहरूमा उभयचर र सरीसृप सर्वेक्षण गर्न निस्क्यिौँ ।

cura insider

सर्वप्रथम अवलोकनका लागि बजारको उत्तरी क्षेत्रतिर लाग्यौँ । बाटो कच्ची धूलौटे थियो । ससाना गाउँ–बस्तीहरू भेटिए । हामी स्थानीय बलान खोलाकिनारै–किनार निकै माथिसम्म पुग्यौँ ।

म हरेक ठाउँमा उभयचर र सरीसृपबारे सोध्न वा नमुना सङ्कलन गर्न रोकिँदा माझीसर मोटरबाइकमा पर्खेर बस्नुहुन्थ्यो । त्यो ठाउँमा घर–भित्ती (माउसुली) र बगैँचे छेपारो प्रशस्त पाइएको टिपोट गरेँ ।

बलान खोला चुरे पर्वतबाट उत्पति भएकोले बलौटो थुप्रिएको किनार ज्यादा छ । वर्षायाममा खहरे बाढीले निकै क्षति पुर्‍याए पनि हिउँदमा पानी नाममात्रको हुनेगर्छ । बलानले बनाएको सिमसार तथा गड्तीरे खेतहरू पनि सरसर्ती अवलोकन गरियो ।

यसरी नै हर्पेटोफाउनाको सूचना खोज्दै करिब चार किलोमिटर उत्तरसम्म पुग्यौँ हामी । स्थानीयको घर–आँगनतिर गएर पनि सोधखोज गर्ने काम गरियो । स्थानीयका अनुसार त्यस इलाकामा ठोटरी कछुवा र फुट्की कछुवा पाइने कुरा डायरीमा टिप्पणी लेखेँ ।

त्यसपछि हामी पुनः लहान बजारतिर फर्कियौँ । फर्किँदा लहान क्याम्पस र यसको परिसरतिर पनि हर्पेटोफाउना अवलोकन गर्न लाग्यौँ । तिहार बिदामा क्याम्पस बन्द थियो । तापनि हामी क्याम्पस भवन अवलोकन गर्न आएका भनी पालेलाई गेट खोल्न लगाएर भित्र प्रवेश गर्‍यौँ ।

पोखरीको रेखदेख गर्ने छुट्टै पाले रहेछन् । मैले उनैलाई लिएर त्यस माछापोखरीको निरीक्षण गर्दै–गर्दा त्यहाँ पाइने उभयचर र सरीसृपबारे पनि सोधखोज गरेँ । पालेले सो माछापोखरीमा कछुवाहरू पनि पाल्ने गरेको बताए ।

क्याम्पस भवन त्यस क्षेत्रकै अति सुन्दर र शान्त शैक्षिक संरचना भएको हामीलाई लाग्यो । क्याम्पस परिसर पनि निकै फराकिलो थियो । कक्षाकोठाहरू ठूला र सुविधाजनक देखिन्थे ।

क्याम्पसको आफ्नै माछापोखरी पनि रहेछ । त्यस पोखरीको रेखदेख गर्ने छुट्टै पाले रहेछन् । मैले उनैलाई लिएर त्यस माछापोखरीको निरीक्षण गर्दै–गर्दा त्यहाँ पाइने उभयचर र सरीसृपबारे पनि सोधखोज गरेँ । पालेले सो माछापोखरीमा कछुवाहरू पनि पाल्ने गरेको बताए । हामीले खोज्न लगायौँ तर भेटिएन ।

अनुसन्धान यात्राताका स्थलगत अवलोकन गर्दै लेखक ।

क्याम्पस अवलोकनपछि बजार हुँदै राजमार्गतिर निस्क्यिौँ । नजिकैको आँखा अस्पतालतिर जान लाग्दा दक्षिणतिर पुरानो लहान माध्यमिक विद्यालय देखियो । त्यो पनि अवलोकन गरौँ भनी हामी त्यतै लाग्यौँ ।

त्यहाँ पनि एउटा पुरानो पोखरी थियो । विद्यालय पनि बन्द भएकोले भित्र गएनौँ । त्यहीँ पण्डितजी बस्दा रहेछन् । उनीसँग स्थानीय सरीसृपबारे सोधखोज गरेर फर्कियौँ । समय अभावले आँखा अस्पताल परिसरको भने अवलोकन गर्न पाइएन ।

यसरी लहानका विभिन्न ठाउँ अवलोकनपछि सिरहा जिल्ला छोडेर हामी उदयपुर जिल्लाको सदरमुकाम गाईघाट जाने भयौँ । साँझ पनि पर्न लागेको थियो । त्यसअघि म त्यहाँ गएको थिइनँ । मेरी माइली फुपू गाईघाटको ढल्केमा हुनुहुन्थ्यो । हामीले त्यहीँ बास बस्ने निधो गर्‍यौँ ।

क्रमशः
मेरो अनुसन्धान यात्राबाट

jackson ribon

प्रतिक्रिया दिनुहोस्: