birat ribon

वाह रे भोले ! वाह रे आइडिया !

Neuro
वाह रे भोले ! वाह रे आइडिया !

कन्टिर–बाबूले सबेरे–सकाल के सुन्नुपरेको यस्तो ? साथ न सुद्धि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा पो दिएछन् ।

हाम्रा ओल्बाका ‘खास’ मान्छे मानिनेबाट राजीनामा ! के अचम्म भो यस्तो ! तर तपाई यस भ्रममा नपर्नुहोला कि पोखरेलजीले कुनै नैतिकताका नाममा राजीनामा दिएका हुन् ।

cura insider

ओल्बाको स्कूलिङमा नैतिकता भन्ने शब्द छैन । त्यसैले उनका कार्यकर्ताले पनि नैतिकता जान्दछन् र मान्दछन् भन्ने कुरा विश्वास गर्न सकिन्न । बजार हल्लाअनुसार अब लुम्बिनी प्रदेशमा सरकारी एमालेको एकलौटी सरकार बनाउन पो पोखरेलले राजीनामा गरेका हुन् ।

पहिला पो जनता समाजवादी भनिनेहरूका जो ६ थान सदस्य थिए, त्यस बेला पोखरेललाई एकल बहुमत पुर्‍याउन गाह्रो थियो । तर जसपाका विचरा चार जनाको पद रिक्त गरिएपछि त प्रदेशसभाको कायम ८१ सदस्यमा पोखरेलका ४१ पुग्छन् रे ! अर्थात् एकल बहुमत ।

तर खै, राजनीति खेलको जुनसुकै पारी बडो अनिश्चित हुन्छ । बरू क्रिकेटको अन्तिम ओभरमा के हुन्छ अनुमान गर्न सकिएला, नेपाली राजनीतिको सकिँदैन । यस्तोमा पोखरेलजीले सोचेकै कुरा सत्य होला भनेर भन्न सकिन्न । कन्टिर–बाबूलाई लाग्छ– खेल हो, हाफ–टाइमपछि उल्टिन पनि सक्छ ।

एक झट्कामा जसपा चैट् । ए जसपाका कर्ताधर्ता हो, अब पनि ओल्बाको रणनीति बुझ्न बाँकी छ ? यसैबीच पोखरेलजीको सत्ता टिकाउन प्रयोग भएका जसपाका चार जनाको ‘बलिदान’ भने व्यर्थ गएको छ ।

तर यो सबै गोलचक्करमा सात दिने मन्त्रीको हाल भने बेहाल हुने भयो । एउटा भनाइ छ नेपालीमा, चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी । हिन्दीमा पनि यसैसँग मिल्दोजुल्दो भनाइ छ– चार दिन की चाँदनी फिर अँधेरी रात ।

यसैबीच पोखरेलजीको सत्ता टिकाउन प्रयोग भएका जसपाका चार जनाको ‘बलिदान’ भने व्यर्थ गएको छ । मन्त्री बन्ने चक्करमा हुँदाखाँदाको प्रदेशसभा सदस्यको पद पनि गयो, अब मन्त्री पद पनि जाने भयो ।

वाह रे पोखरेलजी ! एक झट्कामा जसपा चैट् । ए जसपाका कर्ताधर्ता हो, अब पनि ओल्बाको रणनीति बुझ्न बाँकी छ ? पोखरेल त फेरि पनि मुख्यमन्त्री बन्ने भए । तर तिम्रा चार जना सदस्य त वाहियातमा ‘सहिद’ हुने भए, प्रदेशसभामा तिमीहरूको, खासगरी मधेस मुद्दाको उपस्थिति पनि कमजोर हुने भयो । वाह रे भोले ! वाह रे राजनीति !

अविश्वासको प्रस्ताव टार्न पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएको जगजाहेरै छ । यति भएपछि ‘लार्जेस्ट’ पार्टीका नाममा फेरि मुख्यमन्त्री ! प्रक्रिया लम्बिने नाममा मुख्यमन्त्री पदको आयु पनि लम्बिइरहने । भएन त काइदाको बात । कन्टिर–बाबूभन्दा पनि फास्ट आइडिया । मुख्यमन्त्रीमा टिकिरहने गजबको आइडिया ?

jackson ribon