birat ribon

विराटनगरमा निषेधाज्ञा : के गर्ने ? के नगर्ने ?

Neuro
विराटनगरमा निषेधाज्ञा : के गर्ने ? के नगर्ने ?

विराटनगर / कोरोना भाइरसको सङ्क्रमण तीव्र रूपमा फैलिइरहेका कारण विराटनगरमा आजबाट निषेधाज्ञा जारी गरिएको छ ।

१८ वैशाख शनिबार राती १२ बजेबाट विराटनगर महानगरपालिकासहित बूढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा सात दिनका लागि निषेधाज्ञा जारी भएको हो ।

cura insider

निषेधाज्ञामा के गर्ने ? के नगर्ने ?

– औषधि, खाद्यबस्तुको खरिद तथा अत्यावश्यक काम (स्वास्थ्य मापदण्डको पालना गरेर मात्र) बाहेक घरबाट बाहिर ननिस्कने ।

– जिल्लाभरिका जुनसुकै स्थानमा राति ८ बजेदेखि बिहान पाँच बजेसम्म हिँडडुल गर्न नपाइने ।

– खाद्यबस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, डेरीलगायत अत्यावश्यक सामग्री आपूर्ति गर्ने पसल व्यवसायीहरू बिहान १० बजेसम्म सञ्चालन गर्न पाइने ।

– गुद्री बजार, सब्जी मण्डी, होटल, रेष्टुरा, सैलुन, इरिक्सा सञ्चालन गर्न नदिइने ।

– अत्यावश्यकबाहेक १० वर्षभन्दा मुनि तथा ६० वर्षभन्दा माथिको उमेरका व्यक्तिहरूलाई कुनै पनि काममा घर बाहिर आवतजावत गर्न नदिइने ।

– सबै सरकारी कार्यालय÷ संस्थाहरूले आलोपालो गरी न्यूनतम सङ्ख्यामा कर्मचारी राखी अत्यावश्यक सेवा सञ्चालन गरी कार्यालयको आन्तरिक अभिलेख व्यवास्थापन लगायत प्रशासनिक कार्य मात्र गर्ने ।

– दैनिक रुपमा गरिने नृत्य, पूजा, प्रार्थनाबाहेकका धार्मिक तथा सांस्कृतिक कार्यहरू, हाट÷बजार, मेला, चाड÷पर्व, जात्रा, महोत्सव, भेलालगायत भीडभाड हुने कार्य नगर्ने र नगराउने ।

– अत्यावश्यक सेवामा प्रयोग हुने विद्युत, सञ्चार, खानेपानी, बैङ्क तथा बित्तीय संस्था, खाद्यान्न, फोहोरमैला व्यवस्थापन, तरकारी, फलफूल, पशु आहार तथा दाना, दूध, इन्धन सेवा, औषधि, एम्बुलेन्स सेवा तथा बिरामी बोकेको गाडी, शव बहान, सरकारी नम्बर प्लेटका गाडीबाहेक अन्य सवारीसाधन सञ्चालन गर्न नहुने ।

– निर्माण सामग्रीसम्बन्धी पसल र निर्माण सामाग्री ओसारपसार बिहान १० बजेसम्म गरिसक्नु पर्ने ।

– अत्यावश्यक उपभोग्य बस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, लुकाउने तथा आपूर्ति अवरोध गर्नेहरूलाई कानुनबमोजिम सजाय दिइने ।

– होटलमा भेटघाट तथा जम्मा हुने गरी सेवा प्रदान गर्न नपाउने ।

– होटल तथा रेष्टुरेन्टहरूले अनलाइन अर्डरमा होम डेलिभरी तथा टेक अवे (ग्राहक आफैँ गएर प्याकिङ गरेर लैजाने) विधिलाई प्रयोग गरी सञ्चालन गर्ने ।

– भारतसँग जोडिएका सीमा नाकाहरूबाट हुने आवागमन पूर्ण रुपमा बन्द गर्ने ।

– भारतबाट रानी हुँदै नेपाल आउने नेपाली नागरिकबाहेक अन्य आवागमन गर्न नपाइने ।

– विवाहका लागि बढीमा १५ जनासम्म जन्ति जानआउन दुलहादुलहीसहित व्यानर राखेर सवारीसाधन प्रयोग गर्न पाइने ।

– आइसिपीबाट आाएका मालबाहक ट्रकलाई उद्योग परिसरबाहेक बाटोमा अन्यन्त्र नरोक्ने तथा ट्रकलाई उद्योगमा अनिवार्य रुपमा निसङ्क्रमण गर्नुपर्ने हुन्छ ।

उक्त आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने–गराउने कार्यमा अवरोध गर्ने जोसुकैमाथि प्रचलित कानूनबमोजिम कारबाही हुनेछ ।

jackson ribon