birat ribon

कोरोना बेवास्ता गर्दै साँखुमा जात्रा (फोटोफिचर)

Neuro
कोरोना बेवास्ता गर्दै साँखुमा जात्रा (फोटोफिचर)
  • मेनुका काेइराला / काठमाडौँ

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणले मुलुक आक्रान्त बनेको छ ।

सङ्क्रमणपछि मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । सरकारले पनि कोभिड १९ को सङ्क्रमणलाई नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेको छ । साथै विभिन्न स्वास्थ्य मापदण्ड पनि बनाएको छ ।

cura insider

सरकारले दुई मिटरको दुरी कायम गर्दै १५ जनाभन्दा बढी सङ्ख्यामा मान्छेको जमघट नगर्न सुझाव दिइरहेको छ । तर काठमाडौँको साँखुमा भने कोरोनाको जोखिमलाई पूरै बेवास्ता गरी बज्रयोगिनी माईको जात्रा मनाइएको छ ।

यस विषयमा बुझ्न खोज्दा प्रहरी प्रशासन बोल्न चाहेन । प्रशासनका अनुसार जात्रा नगर्नू भनेर सम्झाउँदा पनि अटेर गरेर स्थानीयले जात्रा मनाइरहेका छन् ।

‘हामीले कैयौँ पटक स्थानीयसँग मिटिङ गरेर जात्रा रोक्न, मानिसको जमघट कम गर्न अनुरोध गरिरहेका छौँ । तर उनीहरूले मानेका छैनन्,’ प्रहरी प्रशासन भन्छ, ‘हामीले गर्न सक्ने भनेको अनुरोध हो । जति अनुरोध गरे पनि अटेर गरेपछि हामीले छोडिदिएका छौँ ।’

आज (आइतबार) सो जात्राको छैठौँ दिन पनि मानिसको उत्तिकै भिडभाड देख्न सकिन्छ । बज्रयोगिनी माईको जात्रा आठ दिनसम्म मनाइन्छ ।

हेर्नुहोस् तस्बिरहरूः

jackson ribon

प्रतिक्रिया दिनुहोस्: