birat ribon

विराटनगरमा निषेधाज्ञा कडा (फाेटाे)

Neuro
विराटनगरमा निषेधाज्ञा कडा (फाेटाे)

विराटनगर । विराटनगरमा निषेधाज्ञा कडा पारिएको छ । कोरोना महामारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार बिहानबाट निषेधज्ञामा कडाई गरेको हो । निषेधाज्ञा पालना गर्न सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन भएका छन् ।

सुनसरीबाट विराटनगर प्रवेशद्धार बुढीखाेला पुलयता प्रहरीले चेकजाँच गरिरहेकाे छ । विराटनगर प्रवेश गर्ने अन्य सडक र भारतसँग सीमा जाेडिएकाे क्षेत्रमा पनि कडाइ गरेकाे जिल्ला प्रहरी कार्यालय माेरङका डिएसपी मानबहादुर राईले जानकारी दिए । विराटनगर बजार क्षेत्र सुनसान छ । बजारमा बाक्लाे मात्रामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएकाे छ । डिएसपी राईका अनुसार अत्यावश्यक काम परेर हिडेकाहरुलाई भने जान दिइएको छ । अन्यलाई प्रहरीले सम्झाएर फर्काइरहेको छ ।

cura insider

माेरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले शनिबार १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञाको आदेश जारी गरेका थिए । कोरोना सङ्क्रमणबाट प्रभावित विराटनगर महानगरपालिका, बूढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाकाको वडा नम्बर १, २, ३, र ४ मा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

निषेधाज्ञा अवधिमा औषधि, खाद्यवस्तु, इन्धनलगायत अत्यावश्यक वस्तु तथा सेवाहरु खरिद गर्नबाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ। अत्यावश्यक सामाग्रि खरिद विक्रीका लागि बिहान १० बजेसम्म समय तोकिएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: